कला

लेडी गागा घाइते

न्युयोर्क – हलिउड गायिका लेडी गागा सांगीतिक प्रस्तुति दिनेक्रममा घाइते भएकी छिन्। लस भेगसमा आयोजित कन्सर्टमा फ्यानसँग डान्स गर्नेक्रममा स्टेजबाट खसेकी थिइन्।

कन्सर्टमा फ्यानसँग डान्स गर्दा अनियन्त्रित भएर स्टेजबाट खस्दा उनको हातमा चोट लागेको थियो। फ्यानले उनलाई स्टेजमा उठाउँदा सन्तुलन गुमाएपछि दुवै जना स्टेजबाट खसेका थिए। घाइते भएलगत्तै सो फ्यानसँग स्टेजमा पुगेर उनले भनिन्, ‘यो घटनालाई लिएर तपाईं दुखी हुनुहुन्न भनेर मलाई वाचा गर्नुस्।’ सो घटनालगत्तै उनलाई अस्पताल पु¥याइएको थियो।

उनका फ्यानहरुले सामाजिक सञ्जालमा उनी स्टेजबाट खसेको भिडियो राखेका थिए। गायिका गागाले इन्स्टाग्राममा हातको एक्स्रे राख्दै क्याप्सन लेखेकी छिन्,‘म ठिक छु।’ उनी फाइब्रोमाइल्जियाबाट पीडित छिन्। जसका कारण उसका धेरै कन्सर्टहरू रद्द गरिएका छन्। केही समयअघि अचानक स्वास्थ्य अवस्था खराब भएका कारण उनी अस्पतालमा भर्ना भएकी थिइन्।

प्रकाशित: ३ कार्तिक २०७६ ०३:१६ आइतबार

लेडी_गागा हलिउड_गायिका