कला

के–पप गायिका सुल्ली मृत भेटिइन्

सियोल  – दक्षिण कोरियनकी के–पप गायिका तथा अभिनेत्री सुल्ली मृत भेटिएकी छन्। राजधानी सियोलस्थित निवासमा मृत भेटिएकी २५ वर्षीया गायिका सुल्लीले आत्महत्या गरेको आशंका स्थानीय प्रहरीले गरेको छ।

‘उनका म्यानेजर नियमित कामको सिलसिलामा उनको घर पुग्दा गायिका सुल्ली अचेत अवस्था थिइन्। उनी डिप्रेसनबाट ग्रसित समेत थिइन्। जसको कारण उनले जीवनको उत्साहभन्दा मृत्युलाई छनोट गरेको हुन सक्छिन्,’ स्थानीय प्रहरीले भनेका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा सक्रिय गायिका सुल्ली आफ्नो व्यवहारका कारण विवादमा पर्ने गरेकी थिइन्।

५० लाख बढी फलोअर कमाएकी गायिका सुल्ली सामाजिक सञ्जालमा आफ्ना समर्थकलाई गालीगलौच गर्ने गर्थिन्। सामाजिक सञ्जालमा अर्धनग्न फोटो राखेपछि विवादित बनेकी ती गायिका पछिल्लो समय मौन बसेको अनुमान धेरैले गरेका थिए।

के–पप ब्यान्ड एफ (एक्स)की पूर्व सदस्यसमेत रहेकी गयिका सुल्ली सन् २०१५ मा सो ब्यान्डबाट अलग भएकी थिइन्। सन् २०१७ मा सुपरहिरो फिल्म ‘रिल’ मा देखिएकी उनी स्वतन्त्रतालाई केन्द्रित गरेर गीत तयार गर्थिन्।

प्रकाशित: २८ आश्विन २०७६ ०४:०२ मंगलबार

पप_गायिका सुल्ली