कला

खादीको प्रवर्द्धन गर्दै मोडल

काठमाडौं – (नागरिक) — गत साता एसिड आक्रमणमा परेर कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार गराइरहेकी वीरगञ्जकी १४ वर्षे मुस्कान खातुनलाई भेट्न पुगेकी मिस नेपाल २०१७ की रनरअप नीति शाह मंगलबार राजधानीमा आयोजना भएको फेसन सोमा देखिइन्। उनी खादीको पहिरन लाएर लैनचौरस्थित भारतीय दूतावासमा आयोजना भएको खादी–नेपाल नामक फेसन सोको -याम्पमा देखिइएकी थिइन्।

गान्धी जयन्तीको अवसरमा भारतीय दूतावास र दक्षिण एसिया फाउन्डेसनले संयुक्त रुपमा आयोजना गरेको फेसन सोमा खादीबाट उत्पादन भएका पहिरनहरू लगाएर नेपाल र भारतका मोडल तथा कलाकारहरू -याम्पमा देखिए। मोडलहरूले डिजाइनरहरू मीरा मुजाफर अली, सभा नेपाल, तारा भुजेँन र चारु परासरलगायतले तयार गरेका पहिरन लगाएर ¥याम्पमा क्याटवाक गरेका थिए।

मिस नेपाल २०१७ की रनरअप नीति शाहसहित मिस नेपाल २०१७ निकिता चान्डक, उरुशा जोशी, साहिदा खान र ओसिन सिटौंलालगायत -याम्पमा देखिएका थिए। कार्यक्रममा बोल्दै भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपाली हस्तकलाबाट बनेका कपडालाई प्रवद्र्धन गर्न आग्रह गरेका थिए। ‘महात्मा गान्धीले भारतमा खादीबाट बनेको कपडा लगाउने मुभमेन्ट चलाएको स्मरण गर्दै गान्धी जयन्तीको अवसर पारेर राजधानीमा खादी नेपाल फेसन सोको आयोजना हुने गरेको छ। गान्धीको खादी मुभमेन्टबाट प्रेरित भएका नेपाली हस्तकला कपडालाई जर्गेना गर्नुपर्छ,’ उनले भने।

प्रकाशित: १५ आश्विन २०७६ ०३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App