कला

रहेनन् 'शोले'का कालिया

मुम्वई- चर्चित फिल्म 'शोले' मा कालियाको भूमिका निभाउने कलाकार विजु खोटेको निधन भएको छ। उनको ७८ वर्षको उमेरमा निधन भएको हो।

विजु खोटे लामो समयदेखि विरामी थिए। सोमबार विहान मुम्वई स्थित आफ्नै घरमा उनको निधन भएको हो। विजुकी भाञ्जी अभिनेत्री भावना बलसावरका अनुसार उनलाई केही दिन पहिले अस्पतालबाट घर ल्याइएको थियो। हिन्दी फिल्मका अलावा केही मराठी फिल्ममा समेत उनले अभिनय गरेका थिए।

"सरकार, मैंने आपका नमक खाया है."
गब्बर सिंहको प्रश्न तेरा क्या होगा कालिया' को जवाफमा कालियाको डरले काँपेके अनुहार शोले हेरेका सबैलाई याद हुन्छ।

ठूलो जुंगा भएका ति व्यक्ति विजु खोटे थिए जसले फिल्ममा कालियाको भूमिका निभाएका थिए। विजुको कालियाको भूमिका छोटो थियो तर आज पनि मानिसको मनमा त्यो अभिनयले एउटा सम्झना छोडिरहेको छ।

प्रकाशित: १३ आश्विन २०७६ ०७:२२ सोमबार

शोले फिल्म मृत्यु बलिउड