कला

ट्रेन्डिङमा ‘छक्का पञ्जा २’

काठमाडौँ — सामाजिक सञ्जाल युट्युबको नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा नेपाली फिल्म ‘छक्का पञ्जा २’ परेको छ । हाई लाइटस् नेपाल च्यानलबाट चार दिनअघि अपलोड गरिएको ‘छक्का पञ्जा २’ फिल्म शनिबारसम्म ४९ लाख २५ हजार भन्दा बढीले हेरिसकेका छन् ।

दीपाश्री निरौला निर्देशित यस फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत र स्वस्तिमा खड्कालगायतको मुख्य भूमिका रहेको छ ।
युट्युबमा फिल्म हेरेका दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् । ‘दिपकको डिसलाईक गर भन्ने च्यालेन्ज रे । साथी हो, डिसलाईक गरेर देखाईदेऊ दीपकको मन शान्त गराईदेऊ,’ हरपल केसीले प्रतिक्रिया दिएका छन् । फिल्मका कलाकारहरूको अभिनय हाबी भएको प्रतिक्रिया धेरै आएका छन् । अर्को कृष्णप्रसाद सापकोटा लेख्छन्,‘दीपकराज गिरी कमेडियन हुन ? मलाई लाग्छ उनी तल्लो स्तरका जोक्कर हुन् ।’

त्यस्तै शुक्रबार सार्वजनिक भएको बलिउड फिल्म ‘हाउसफुल ४’ को टे«लर नेपाल ट्रेन्डिङको दोस्रो र साउथ इन्डियन फिल्म ‘श्रीनिवासा कल्यानम’ तेस्रो स्थानमा परेको छ ।

प्रकाशित: १२ आश्विन २०७६ ०६:०८ आइतबार

सामाजिक_सञ्जाल युट्युब