कला

'छ माया छपक्कै'को ट्रेलर सार्वजनिक

काठमाडौं – नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर रिलिज भएको छ। दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्रको ट्रेलर शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। चलचित्रको निर्देशन दीपेन्द्र लामाले गरेका छन्।

'छ माया छपक्कै'मा ‘छक्का पञ्जा’शृखलाकै मुख्य कलाकारहरु छन्। जसमा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे,शुपुष्पा भट्ट,रमा थपलिया, विष्णु सापकोटा, वुद्धी तामाङ लगायत मुख्य भूमिकामा छन्।

निर्देशक दीपेन्द्र लामाका अनुसार यो चलचित्रले ग्रामिण र शहरका पात्रको कथा बोकेको छ।। गाउँको एउटा सोझो अधबैंसे पुरुष र शहरकी सम्पन्न युवती बीचको प्रेम सम्बन्धमा यो फिल्मको बिषयबस्तु केन्द्रित छ। ट्रेलरमा दिपकराज गिरी र केकी अधिकारी प्रेममा रहेको देख्न सकिन्छ।

'छ माया छपक्कै'लाई दीपक–दीपाको व्यानर आमा सरस्वती मुभिजसँगै रोहित अधिकारी फिल्म आइएमईले संयुक्त निर्माण गरेका छन्। निर्देशक लामाको कथा रहेको छ माया छपक्कैको पटकथा दीपकराजले लेखेका हुन्।। जसमा संवाद दीपकसँगै जितु, केदार र अभिमन्यू निरबीको रहेको छ।

छ माया छपक्कैको पहिलो गीत 'जुनको जुनेली' यस असअघिनै सार्वजनिक भइसकेको छ। जुन गीतले निक्कै चर्चा समेत पायो। चलचित्र छ माया छपक्कै यही असोज २४ गते रिलिज हुँदैछ।

प्रकाशित: ४ आश्विन २०७६ ०८:०० शनिबार

छ_माया_छपक्कै दीपकराज_गिरी दीपाश्री_निरौला नेपाली_चलचित्र