कला

सिक्कामा अब सत्यमोहन जोशी

काठमाडौं  – नेपाल राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशीको तस्बिर अंकित एक सय, एक हजार र दुई हजार पाँच सय दरका सिक्का सार्वजनिक गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले मंगलबार ललितपुरमा आयोजित संस्कृतिविद् जोशीको जन्म शताब्दीको अवसर पारेर ती सिक्काहरू सार्वजनिक गरेका थिए।

नेपाली संस्कृतिमा महाविद्यावारिधिको उपाधिसमेत प्राप्त गरेका संस्कृतिविद् जोशीले विभिन्न नेपाली नोटहरुमा अंकित चित्रहरुको विगत ४० वर्षयता साँगोपाँगो अध्ययन गरी नेपाल राष्ट्र बैंकलाई दिँदै आएको सुझावको कदर स्वरुप नेपाल राष्ट्र बैंकले उनको तस्बिर अंकित सो दरका सिक्का ललितपुर महानगरपालिकाले सार्वजनिक गरेको हो। उक्त सिक्काहरू नेपाल राष्ट बैकले निस्कासन गरेको हो।

अर्थमन्त्री खतिवडाले नेपाल राष्ट्र बैंकको शुद्धीकरणमा उनले पु-याएको योगदानको कदर गर्दै नेपाल राष्ट्र बैंकले उनको तस्बिर अंकित सिक्का निस्कासन गरेको स्पष्ट पारे। ललितपुर महानगरपालिकाको पहलमा नेपाल राष्ट्र बैंकले सिक्कामा तस्बिर अंकित गरेर शताब्दी पुरुष जोशीको सम्मान गरेको हो।

प्रकाशित: २५ भाद्र २०७६ ०४:२१ बुधबार

सत्यमोहन_जोशी सिक्कामा