कला

उत्कृष्ट गाईजात्रे पुरस्कृत

भक्तपुर – गाईजात्राको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिनेहरूलाई पुरस्कृत गरिएको छ। आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा गाईजात्राको अवसरमा उत्कृष्ट प्रस्तुति दिनेलाई पुरस्कृत गरिएको थियो।

गाईजात्राको क्रममा गत साउन ३१ आयोजित प्रदर्शनमा प्रस्तुति दिने घिन्तान्गिसी र माक प्याखं (नाच) तथा भाद्र १ देखि ६ सम्म प्रदर्शन गरिएका सांस्कृतिक विधाका उत्कष्ट समूह र कलाकारहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले ती समूह तथा कलाकारहरुलाई नगदसहित पुरस्कार वितरण गरेका थिए।

सांस्कृतिक विधाहरुतर्फ देवी, भैल, माक, गाइचा, लुसी, फाकंदली, नागाचा, लाखेर, हुुला, भालु, जगली, ख्याल, नाटक, खिचा, कवाँंचा, घिन्तान्गिसी, लाहुरे, झ्याउरे, कलालीचा, हनुमान, म्हेखा, झ्याझयालगायतका नाचका विधाका उत्कृष्ट पहिलो, द्धितीय, तृतीय र सात्वनाका समूहरुलाई पुरस्कार प्रदान गरिएका हो। पहिलोलाई ३५ हजारदेखि तेश्रोलाई चारहजारसम्म नगद पुरस्कार वितरण गरिएको थियो।

प्रकाशित: २३ भाद्र २०७६ ०४:११ सोमबार

गाईजात्रे पुरस्कृत