कला

शाहिल खड्काको ‘सारीमै लाउने’मा भद्रगोलकी ‘मुन्नी’

काठमाडौं– गायक शाहिल खड्काको नयाँ गीत ‘सारीमै लाउने’ सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गीतमा भद्रगोलकी कलाकार मुन्नी अर्थात प्रिया आचार्यको अभिनय रहेको छ। उनलाई अभिनयमा गायक खड्काले साथ दिएका छन्। 

शब्द संगीत पनि खड्काकै रहेको गीतमा उदयराज पौडेलको एरेन्जमेन्ट, हेमन्त कान्छा रसाइलीको सारंगी रहेको छ। भिडियोलाई भद्रगोलका काकु अर्थात दिपक आचार्यले निर्देशन गरेका छन्। 

 

प्रकाशित: २६ श्रावण २०७६ १३:०८ आइतबार

गीत सारीमै_लाउने म्युजिक_भिडियाे शाहिल_खड्का