कला

चीनले कलाकारलाई लगायो प्रतिबन्ध

बेइजिङ – चीनले चिनियाँ फिल्म र कलाकारहरूलाई एसियाको प्रतिष्ठित ताइवानको गोल्डेन हर्स अवार्डमा भाग लिन प्रतिबन्ध लगाएको छ। ताइवानलाई आफ्नो भूभाग भनेर दाबी गरिरहेको चीनले यस क्षेत्रमा आर्थिक र राजनैति दवाब दिन बुधबार चिनियाँ फिल्म र कलाकारहरूलाई अवार्डमा भाग लिन प्रतिबन्ध लगाएको हो।
चिनियाँ फिल्मको निगरानी गर्ने सरकारी फिल्म निकायआवद्ध चाइना फिल्म न्युजको माइक्रोब्लगले सूचना प्रकाशित गर्दै निलम्बनसम्बन्धी कारण स्पष्ट खुलाईकन ताइवान चीनको हिस्सा भएको दाबी गर्दै बेइजिङको नियमअनुसार अवार्डमा भाग लिन प्रतिबन्ध लगाएको जनाएको छ।

प्रतिबन्ध बिना चिनियाँ कलाकारहरूका लागि नोभेम्बर २३ मा आयोजना हुने अवार्डमा सहभागी हुन अप्ठ्यारो हुन सक्छ। बेइजिङले सेप्टेम्बर १ देखि टापुमा एक्लै यात्रा गर्न प्रतिबन्ध लगाएको छ। गत वर्षको अवार्ड कार्यक्रममा डकुमेन्ट्री निर्देशक फ यूउले ताइवानलाई स्वतन्त्र देशको रूपमा मान्यता दिन आह्वान गरेपछि चिनियाँ कलाकारलाई सहभागिता जनाउन गाह्रो परेको थियो। ताइवान र चीन एकै परिवारको सदस्य भएको कुरा चिनियाँ सहभागीहरूलाई मान्य नभएपनि सो कार्यक्रमको मञ्चमा उपस्थित हुन अस्वीकार गरेका थिए। आयोजकले निराश व्यक्त गरेपनि कार्यक्रम भने सुचारु गरेको थियो। चीनको अभिनेता जु झेलनले ‘डाईंग टु सर्भाइभ’ बाट गत वर्ष उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए।

पुरस्कार समितिमा रहेका एकेडेमी अवार्ड विजेता ताइवानी निर्देशक आंग ली, जसको ‘क्रौचिंग टाइगर, हिडन ड्रेगन’ र ‘ब्रोकब्याक माउन्टेन’ फिल्महरू अवार्डमा सहभागी थिए। उनले अवार्ड लिएपछि भनेका थिए, ‘मलाई विश्वास छ कि कोही पनि हस्तक्षेप गर्न आउदैनन्।’

ताइवान र हङ्कङमा रहेको मनोरन्जन क्षेत्रका व्यक्तिहरूलाई नियमित रूपमा कालोसूचीमा राखिएको छ। स्वतन्त्रता वा प्रजातन्त्र समर्थक अभिव्यक्ति दिने कलाकारहरुमाथि चीनले प्रतिबन्ध लगाइएको थियो। चीनले ताइवानमा रहेका चिनियाँ पर्यटकहरूको संख्या घटाउनुका साथै यस टापुका कूटनीतिक सहयोग र अन्तर्राष्ट्रिय जमघटहरूमा भाग लिनबाट रोक्दै आएको छ।

 

प्रकाशित: २३ श्रावण २०७६ ०३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App