कला

प्रतिलिपि अधिकार उल्लंघनमा केटी दोषी

क्यालिफोर्निया  – अमेरिकी गायिका केटी पेरीको ‘डार्क हर्स’ गीतले प्रतिलिपि अधिकारको उल्लंघन गरेको पृष्टि भएको छ। एक साता लामो परीक्षणपछि, क्यालिफोर्नियाका जूरीले गायिका पेरीको ‘डार्क हर्स’ गीतले प्रतिलिपि अधिकारको उल्लंघन गरेको निश्कर्ष निकालेको थियो।

द हलिउड रिपोर्टरका अनुसार क्रिश्चियन ¥यापर मार्कस ग्रे (फ्लेम)ले गायिका पेरीको सन् २०१३ को ‘डार्क हर्स’ ले आफ्नो ‘जोयफुल नोइज’ गीत चोरी गरेको भनेर उजुरी दिएका थिए।

अदालतको परीक्षणमा गायिका पेरीले ‘जोयफुल नोइज’ भन्ने गीत कहिल्यै नसुनेको प्रतिक्रिया दिएका थिए। यता ¥यापर ग्रेले आफ्नो गीतमा चर्चा पाएको बताएका थिए। उनले ग्रामी अवार्ड विजेता गायिका पेरीले आफ्नो गीत युट्युब वा माइस्पेसबाट सुनेको हुनसक्ने दाबी गरे। युट्युबमा लाखौं दर्शकजस्तै गायिका पेरीले ‘जोयफुल नोइज’ गीत हेरेको हुनसक्ने उनले बताएका थिए।

प्रतिलिपि अधिकार उल्लंघनको घटनाहरू अधिकांश मिल्ने वा नमिल्ने  भएपनि, ‘डार्क हर्स’ ले ‘ब्लर्ड लाइन्स’ र ‘स्टेरवे टु हेभेन’ जस्ता गीतहरूसम्बन्धी घटनाहरूको विस्तृत बयान आउन दशक लामो समय लागेको जूरीले ठहर गरेका थिए।

यसअघि उनको एल्बम कभरमा बेलायती भिजिओल आर्टिस्ट डोम सेबास्टियनको कला चोरेको आरोप लागेको थियो। आर्टिस्ट सेबास्टियनले बनाएको चित्रको ब्याकग्राउन्ड केटीको ‘चेन्ड टु द रिदम...’ बोलको गीतको कभरमा समावेश भएको थियो। यस विषयमा आर्टिस्ट सेबास्टियनले आफ्नो इन्स्टाग्राममा लेखेका थिए, ‘मलाई नसोधी मेरो कला प्रयोग गरियो। उनले मेरो कला चोरेकी थिइन्।’
 

प्रकाशित: १७ श्रावण २०७६ ०२:३७ शुक्रबार

गायिका केटी_पेरी डार्क_हर्स प्रतिलिपि_अधिकार