कला

‘मेरो खुसी मेरो चाह’ सार्वजनिक

काठमाडौं – गीतकार हरिराम पौडेलको ‘मेरो खुसी मेरो चाह’ नामक गीत संग्रह सार्वजनिक भएको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रममा गीतकार डा.कृष्णहरि बराल, एसपी कोइराला र चूडामणि देवकोटालगायतले ‘मेरो खुसी मेरो चाह’ नामक गीत संग्रह विमोचन गरेका थिए।

कार्यक्रममा बोल्दै गीतकार डा. कृष्णहरि बरालले मानिसहरूले गीत–संगीतलाई हल्काफुल्का मनोरञ्जनको साधनका रूपमा लिने गरेपनि एउटै गीत–संगीत सिर्जनाले संसार हल्लाइदिने परिवर्तनकारी क्षमता राख्ने टिप्पणी गरेका थिए।

कार्यक्रममा गायक सन्तोष खरेल, राजेश थापा, राजु सिंह र गोपाल अधिकारीलगायतले सांगीतिक प्रस्तुति दिएका थिए। पुस्तकमा प्रेम र पीडा–भावका ६४ वटा गीत समावेश गरिएका छन्।

प्रकाशित: १४ श्रावण २०७६ ०२:४४ मंगलबार

गीतकार सार्वजनिक मेरो_खुसी_मेरो_चाह