कला

‘अक्षरहरुको सगरमाथा’ सार्वजनिक

नुवाकोट – नेपाली साहित्यमा सक्रिय गजलकारहरुले संयुक्त रूपमा लेखेको ‘अक्षरहरुको सगरमाथा’ नामक गजल संग्रह सार्वजनिक भएको छ। शनिबार नुवाकोटको विदुरमा साहित्य संगम नुवाकोट र सगरमाथा साहित्य प्रतिष्ठान नेपालले आयोजना गरेको विमोचन कार्यक्रममा १०५ जना गजलकारद्धारा लिखित ‘अक्षरहरुको सगरमाथा’ विमोचन गरिएको थियो।

कार्यक्रममा रेडियोकर्मी अच्युत घिमिरेले १०५ स्रष्टाहरूले लेखेको गजलहरूलाई समेटेर पुस्तक प्रकाशित गर्दा एकताको भाव झल्किएको बताएका थिए। यो सगरमाथा साहित्य प्रतिष्ठानको दोश्रो कृति हो।     कार्यक्रममा राजकुमार अर्जेल, सन्तोष पाठक, काजी खान, बद्रीबृन्द गजुरेल, देवराज ढकाल, सन्दिप सापकोटा, श्रीधर पाण्डे, दोस्तराज, कविन्द्र घिमिरे र शेल्कर  पाख्रिनलगायतले आफ्नो सिर्जना वाचन गरेका थिए।

साहित्य संगम नुवाकोटका अध्यक्ष सुमित्रा सुमिले आगामी दिनमा साहित्यक कार्यक्रमहरुलाई परिणात्मक भन्दा गुणात्मक रुपमा ध्यान दिदै अघि बढाउने बताएकी छिन्।

प्रकाशित: १२ श्रावण २०७६ ०५:२४ आइतबार

नेपाली_साहित्य गजलकार सार्वजनिक सगरमाथा