कला

पाण्डेको तीज कोसेली ‘चुरा’

काठमाडौं– सञ्चारकर्मी एवं वृत्तचित्र निर्देशक गणेश पाण्डेको तीज गीत ‘चुरा’ सार्वजनिक भएको छ।

पाण्डेको शब्दमा रहेको गीतमा गायिका सुनिता अधिकारीको स्वर छ भने शिव हमालको संगीत रहेको छ।

गीतको म्युजिक भिडियोमा गायिका अधिकारीकै नृत्य रहेको छ भने चर्चित कोरियोग्राफर प्रकाश भट्टले निर्देशन गरेका हुन्। गीतका एरेञ्जर कृष्ण बिक ‘भाञ्जा’ हुन्।

कुमार रानाको मिक्सिङ रहेको यो गीत मारुनी रेकर्डिङमा रेकर्ड गरिएको हो। गीतलाई साइन मिडिया प्रालिले बजारमा ल्याएको हो।

भिडियाेः

 

प्रकाशित: १० श्रावण २०७६ १०:१८ शुक्रबार

तीज_गीत चुरा सुनिता_अधिकारी