कला

२७ वटा एल्बम विमोचन गरेर कीर्तिमानी

काठमाडौं – २७ वटा एल्बम एक साथ विमोचन गरेर विश्व कीर्तिमान कायम गरेका गीतकार बीबी थापालाई वल्र्ड बुक अफ रेकर्डले सम्मान गरेको छ। मंगलबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा २७ वटा एल्बम एक साथ विमोचन गरेर विश्व कीर्तिमान कायम गरेबापत उनलाई सम्मान गरिएको थियो।

‘सांगीतिक क्षेत्रमा काम गर्ने दौरान २७ वटा एल्बम एक साथ विमोचन गरेर विश्व कीर्तिमान कायम भएछ। मैले जानेर विश्व कीतिमानी कायम गर्छु भन्ने थिएन्,’ गीतकार बीबी थापाले भने। गत जेठको दोस्रो सातामा उनले २७ वटा एल्बम एक साथ विमोचन गरेर विश्व कीर्तिमान कायम गरेका थिए।

कार्यक्रममा सहभागी रत्नशम्सेर थापाले अनौठो खालको विश्व कीर्तिमानको खबर सुनेर आश्र्चय प्रकट गरेका थिए। ‘२७ वटा एल्बम एक साथ विमोचन गरेर विश्व कीर्तिमान कायम हुने रहेछ। सांगीतिक क्षेत्रमा लागेको यस्तो वर्ष भइसक्यो यो अनौठो खालको विश्व कीर्तिमानीले मलाई आश्चर्यमा पारेको छ,’ उनले भने। कार्यक्रममा एनएस के फ्युजन ब्याण्डले सांगितिक प्रस्तुति दिएको थियो।
 

प्रकाशित: १० श्रावण २०७६ ०२:०५ शुक्रबार

एल्बम विमोचन