कला

प्रमोद खरेल सद्भावना दूत नियुक्त

झापा  – गायक प्रमोद खरेल झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त भएका छन् । बिहीबार नेपालको सबैभन्दा होचो स्थानमा रहेको कचनकबल गाउँपालिकाले पर्यटकीय प्रवद्र्धनमा सघाउने अपेक्षा गर्दै गायक खरेललाई सद्भावना दूत नियुक्त गरेको हो ।

‘यस गाउँमा जन्मिएका गायक खरेलले पर्यटकीय प्रवद्र्धनमा सघाउने अपेक्षासहित सद्भावना दूत नियुक्त गरेका हौं,’ गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले भने,‘नेपाली संगीतमा स्थापित गायक खरेलले आफू जन्मिएको गाँउलाई प्रचार गर्नेछन् भन्नेमा आशावादी छौं ।’

सो गाउँपालिकाले कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरू र क्याम्पस तहमा पढ्ने छात्रालाई निःशुल्क शिक्षाको व्यवस्था गरेको छ ।

 

 

 

प्रकाशित: ३ श्रावण २०७६ ०४:०८ शुक्रबार

गायक प्रमोद_खरेल सद्भावना_दूत