कला

रेश्माको ‘नेटो काटमकी यसपालि’

काठमाडौं– गायिका रेश्मा केसीको ‘नेटो काटम कि यसपालि’ तीज गीत सार्वजनिक भएको छ। गीतमा तृप्ती खड्का, रेश्मा केसी र गायक सन्दीप न्यौपानेको स्वर छ।

पार्वती थापाको शब्द र गायिका खड्काको लय सिर्जना रहेको गीत युएसखबर नेटवर्कबाट सार्वजनिक गरिएको हो। म्युजिक भिडियोमा सन्दीप न्यौपाने, विजय गुरुङ, अञ्जली अधिकारी र करिश्मा ढकालको अभिनय छ। भिडियोको निर्देशन विक्रम चौहानले गरेका हुन्। गीत उद्धवराज सिलवाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। भिडियोलाई प्रकाश खड्काले छायाङ्कन गरेका हुन्।

गीतमा उमेर, प्रेम र घर माइतीको विषयलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

प्रकाशित: २ श्रावण २०७६ १०:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App