कला

मनकारी जेनिफर

न्यूर्योक – गायिका जेनिफर लोपेजले तुफानबाट प्रभावितहरूलाई १ मिलियन अमेरिकी डलरको सहयोग गरेकी छिन्। ४८ वर्षे गायिका लोपेजले पिएर्टो रिकोका तुफान पीडितहरूलाई १ मिलियन अमेरिकी डलर सहयोग प्रदान गरेकी हुन्। न्यूर्योकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पिएर्टो रिकोका तुफान पीडितहरूलाई सहयोग गर्न अपिल समेत गरेकी छिन्।

‘पिएर्टो रिकोका तुफान पीडितहरूलाई सहयोग गर्न मैले विभिन्न स्रोतहरूलाई आग्रह गरिरहेको छु। यो दुःखको घटीमा सबैले सहयोग गर्न सके तुफान पीडितहरूले राहत पाउने थिए,’ उनले भनिन्। गत वर्ष यौन दूरव्यवहारको सिकार खुलासा गरेकी उनले तुफान पीडितहरूलाई सहयोग गर्न च्यारिटी सुरू गर्ने भएकी छन्। उनका ‘अन द फ्लोर’, ‘डान्स अगेन’, ‘अल आइ हेट’, ‘आइ एम इन्टु यु’ र ‘गेट लाउड’ लगायत गीतहरू चर्चामा छन्।
 

प्रकाशित: २ श्रावण २०७६ ०५:४९ बिहीबार

गायिका जेनिफर_लोपेज तुफान