कला

‘मलाई बलात्कृत महसुस गराइयो’

मुम्बई – बलिउड अभिनेत्री इसा गुप्ताले सामाजिक सञ्जाल ट्वीटरमार्फत भारतको राजधानी दिल्लीमा केन्द्रित रेस्टुरेन्ट सञ्चालकले अनुचित व्यवहार गरेको खुलासा गरेकी छिन्।

‘जन्नत २’, ‘टोटल धमाल’ र ‘वान डे’ लगायत फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री गुप्ताले हालै रेस्टुरेन्ट सञ्चालक रोहित विगले एकोहोरो घुरेर हेरिरहेर असहज महसुस गराएको कुरा ट्वीटमार्फत जानकारी गराइन्। रेस्टुरेन्ट सञ्चालकले अभिनेत्री गुप्ता बसेकोभन्दा विपरितको टेबलमा बसेर एकोहोरो हेरेर असहज परिस्थिति सिर्जना गरेको उनले ट्वीट गरेकी छिन्। अभिनेत्रीमात्र नभएर एक महिलासमेत भएकाले, त्यो ‘असुरक्षित’ महसुसले आफूलाई आश्चर्यमा पारेको उनले उल्लेख गरेकी छन्।

‘रेस्टुरेन्ट सञ्चालक विग – जस्ता पुरुषहरुले एकोहोरो महिलाहरूलाई घोरेर हेरेर उनलाई असहज महसुस गराउनु ठिक छ। उनले मलाई छुएका छैनन् र केही भनेका पनि छैनन्। तर, घोरिएर एकोहोरो हेरिरहे। हामी कहाँ सुरक्षित छौं ? के महिला हुनु भनेको अभिशाप हो ?,’ उनले रेस्टुरेन्ट सञ्चालक विगको फोटोसहित ट्वीट गरेकी छिन्।
सो रेस्टुरेन्ट सञ्चालक विगको एकोहोरो हेराईले आफूलाई बलात्कृत भएको महसुस गराएको उनले उल्लेख गरेकी छिन्।

‘मजस्तो महिलाले यो देशमा असुरक्षित महसुस गर्छन् भने अन्य केटीहरूले कस्तो महसुस गर्छन्। दुई सुरक्षाकर्मीको साथमा रहेको मजस्तोले वलात्कृत भएको महसुस गरें। रोहित विग तिमी सुँगुर हौं।’
 

प्रकाशित: २३ असार २०७६ ०१:५४ सोमबार

बलिउड अभिनेत्री बलात्कृत