कला

भिलेनको बन्दै शाहरुख खान

मुम्बई  – बलिउड अभिनेता शाहरुख खान भिलेनको रूपमा देखिने भएका छन्। अभिनेता खानले नयाँ फिल्मको औपचारिक घोषणा नगरेपनि भारतीय सञ्चार माध्यमहरूका अनुसार उनी चाँडै तामिल फिल्म ‘बिजिल’ मा डेब्यु गर्दैछन्। यस फिल्ममा उनी भिलेनको भूमिकामा देखिनेछन्।

तामिल फिल्ममा अभिनेता विजयको आगामी फिल्म ‘बिजिल’ मा उनी १५ मिनेटको भूमिकामा देखिने भएका हुन्। उनीको भूमिकालाई फिल्मको ‘टनिङ प्वाइन्ट’ को रूपमा लिइएको छ, जसको सिन चाँडैनै खिचिदैँछ।

निर्देशक एटलेले निर्देशन गर्ने ‘बिजिल’ मा तामिल फिल्ममा अभिनेता विजय दोहोरो भूमिकामा देखिनेछन्। हालै फिल्ममा संगीत दिएका संगीतकार एआर रहमानले एक अन्तर्वातामा यस किसिमको विधामा पहिलो पटक भारतीय फिल्ममा काम गरेको प्रतिक्रिया दिएका थिए। ‘मैले यो विधामा हलिउडमा काम गरेको थिए। पहिलो पटक मैले यस विधाको भारतीय फिल्ममा काम गर्ने अवसर पाएको छु,’उनले भने,‘फिल्मका निर्देशक म्युजिक कम्पोज गर्दा सहभागि भएको थिए।’

 

प्रकाशित: १९ असार २०७६ ०२:५६ बिहीबार

बलिउड शाहरुख_खान भिलेन