कला

विशालको ‘थाहा छ तिमीलाई’

काठमाडाैं- म्युजिक एरेन्जर हुँदै गायनमा प्रवेश गरेका गायक विशाल निरौलाले नयाँ सेन्टिमेन्टल गीत सार्वजनिक गरेका छन्। रमा थापाको शब्द र संगीतमा ‘थाहा छ तिमीलाई’ बोलको गीत सार्वजनिक गरेका हुन्।

गीतको भिडियोमा मोडलद्धय नग्मा श्रेष्ठ र सोहम फिचर्ड छन्। माधव बेल्बासेले सम्पादन गरेको गीतको भिडियो छायांकन र निर्देशन अमृत सुनुवारले गरेका छन्।

 

 

प्रकाशित: १५ असार २०७६ १६:०४ आइतबार

विशाल_निरौला थाहा_छ_तिमीलाई गीत