कला

रक्षामन्त्रीले कविता सुनाउँदा...

फाइल तस्बिर

काठमाडौं – गहकिलो ढंगको राजनीतिक भाषण गर्ने छबि बनाएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले सोमबार राजधानीमा कविता वाचन गरेका छन्। सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६२ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव समारोहमा उनले जीवन र मृत्युका बारेमा लेखिएको कविता वाचन गरे।

साहित्यकारहरुको सिर्जना सुनेर मनै पोखिने गरेको मीठो अनुभुति सुनाउँदै उनले आफ्नो रचना वाचन गरेका थिए। कवितामा मान्छेले जीवनमा गर्नुपरेका त्याग, रंगीनपलहरू, दुःख र पीडा अनि क्रोधलगायतका विषयहरू समेटिएका थिए।

कार्यक्रममा उपप्रधानमन्त्रीसँगै साहित्यकार अशेष मल्ललगायतका कवि कवयत्रीहरूले रचना वाचन गरे।

‘विज्ञहरूबीच राष्ट्रिय बहस जरूरी’

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोख्रेलले राजनीतिलाई सही आकार दिने विषयमा विज्ञहरूबीच राष्ट्रिय बहस हुनुपर्ने बताएका छन्। महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले साहित्यले पनि राजनीतिलाई सघाउनुपर्ने बताएका हुन्।

उनले राजनीतिको अस्थिपञ्जरमा मांसपेशी टाँसिएजसरी साहित्य क्षेत्रका विज्ञहरूले सघाउनुपर्ने आवश्यकता औल्याए। कार्यक्रममा प्रतिष्ठानमा २५ वर्ष कार्यरत कर्मचारीहरूलाई २५ हजार नगदसहित सम्मान गरिएको थियो।

प्रकाशित: ९ असार २०७६ ११:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App