कला

अस्ट्रेलियाको र्‍याम्पमा नेपाली डिजाइन

काठमाडौं – अस्ट्रेलियाको राजधानी सिड्नी सहरमा गत शुक्रबार नेपाली फेसन डिजाइनर उत्तम बनेपालीको डिजाइनमा तयार भएका दर्जनौं पहिरनको प्रदर्शन गरिएको छ। सिड्नीमा बस्दै आएका नेपाली मोडलहरूले उत्तमको डिजाइनलाई ¥याम्पमा प्रस्तुत गरेका हुन्।

आफ्नो अढाई दशक लामो फेसन डिजाइनको करियरमा पहिलो पटक नेपाल बाहिर आफ्नो एकल डिजाइन प्रस्तुत गरेका उत्तमले ‘योर स्टाइल फेसन नाइट २०१९’ नामक कार्यक्रममा राम्रै प्रशंसा पाए। १९ पुरुष तथा महिला मोडलले रेट्रो, ट्रयाडिसनल, क्याजुअल, लेहेंगा, पार्टीवेयरलगायतका ६ वटा सिक्वेन्समा ¥याम्प नापेका थिए।

शोको अन्त्यमा मोडल तथा ‘मिस नेपाल इन्टरनेसनल २०१७’ नीति शाह लेहंगामा सोस्टपरका रूपमा  याम्पमा आएकी थिइन्। उनीसँगै डिजाइनर उत्तम पनि ¥याम्पमा देखिए। इम्पायर एजुकेसन र इजी होमको प्रस्तुती र अस्ट्रेलियाको प्रदिप कँडेल,  स्वतन्त्रप्रताप शाह र योर स्टाइल अस्ट्रेलियाले आयोजना गरेको कार्यक्रमको इभेन्ट म्यानेजमेन्ट नमित चन्द ठकुरी, कोरियोग्राफी निराजन लुइँटेल र कार्यक्रम सञ्चालन उषाकिरण बारियाले गरेका थिए।
 

प्रकाशित: १४ जेष्ठ २०७६ ०६:३९ मंगलबार

अस्ट्रेलिया फेसन डिजाइनर