कला

क्यालकुलेटरमा मायाको हिसाब गर्दै बले र कक्रोज

काठमाडौँ – चर्चित हाँस्य कलाकार सागर लम्साल(बले) र हरि निरौला(कक्रोज) अभिनित क्यालकुलेटर बोलको गीत सार्वजनिक भएको छ।

शंकर थापा(स्माइल) र बिजयता अधिकारीको आवाजमा रहेको उक्त गीत शुक्रबार यूट्युबमार्फत सार्वजनिक गरिएको हो। गम्भीर विष्टद्वारा निर्देशित उक्त गीतमा डीपी खनालको शब्द, विश्व अधिकारीको एरेन्ज, तथा नविन निरौलाको सम्पादन रहेको छ।

गीतमा बले तथा कक्रोजका साथै शिक्षा संग्रौला, कमलमणि नेपाल, मधुसुधन पाठक तथा गम्भीर विष्टको अभिनय रहेको छ।

 

प्रकाशित: ११ जेष्ठ २०७६ १०:०० शनिबार

क्याकुलेटर सागर_लम्साल(बले) हरि_निरौला(कक्रोज) गीत