कला

ज्ञवालीसहित दश स्रष्टालाई कलानिधि संगीत सम्मान

नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई ‘उपेन्द्रगोपाल कृष्णादेवी, पदमकृष्ण बाबाकुमारी कलानिधि संगीत सम्मान’बाट सम्मानित गर्दै शताब्दी पुरुष तथा संस्कृतिविद सत्यमोहन जोशी। साथमा कलानिधि इन्दिरा संगीत महाविद्यालयकी अध्यक्ष तथा संरक्षक इन्दिरा श्रे

काठमाडौं – कलानिधि इन्दिरा संगीत महाविद्यालयले नागरिक दैनिकसहित कला, संगीत, गायन क्षेत्रमा योगदान पु¥याउने स्रष्टालाई नगदसहित सम्मान गरेको छ। महाविद्यालयले स्थापनाको ५६ औं वार्षिकोत्सवको अवसर पारेर राजधानीमा बिहीबार आयोजना गरेको कार्यक्रममा समाचारमार्फत गीत संगीत विधामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रवद्र्धनमा योगदान दिएकोमा नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई ‘उपेन्द्रगोपाल कृष्णादेवी, पदमकृष्ण बाबाकुमारी कलानिधि संगीत सम्मान’ प्रदान गरियो।

निर्देशक ज्ञवालीलाई शताब्दी पुरुष तथा संस्कृतिविद सत्यमोहन जोशी, महाविद्यालयकी अध्यक्ष तथा संरक्षक इन्दिरा श्रेष्ठलगायतले दोसल्ला, ट्रफी र नगद २० हजार रुपैंयासहित सम्मान गरेका हुन्। निर्देशक ज्ञवालीले आफुले प्राप्त २० हजार रुपैंयाँ पुरस्कारमा २० हजार रुपैया थपेर महाविद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई अध्ययनका लागि ४० हजार रुपैंयाँ प्रदान गरेकी थिइन्।

शताब्दीपुरुष तथा संस्कृतिविद जोशीलाई नेपाल रिपब्लिक मिडियाको १० औं वार्षिकोत्सवको अवसर पारेर गत वैशाख ११ गते ‘नागरिक नायक’को सम्मान दिएको थियो। निर्देशक ज्ञवालीलाई सम्मान गरिरहँदा सत्यमोहनले ‘तपाईंहरूको वार्षिकोत्सवमा मलाई सम्मान गर्नुभयो। आज मैले तपाईंलाई सम्मान गर्ने मौका पाएँ’ भन्दै खुशी व्यक्त गरेका थिए।

त्यस्तै आधुनिक र लोक गीत विधाबाट गायिका ज्ञानु राणालाई ‘ऐश्वर्य कलानिधि संगीत सम्मान’, शास्त्रीय तबलावादक जीवन राईलाई ‘श्रुति युवा कलानिधि संगीत सम्मान’, नृत्य निर्देशक राजु शाहलाई ‘केशव सकुना कलानिधि संगीत सम्मान’, संगीतकार तथा भक्ति गायक स्व. राजभाई बज्राचार्यलाई मरणोपरान्त ‘इन्द्रशिला प्रभू समर्पण कलानिधि संगीत सम्मान’, संगीत प्रवद्र्धक श्यामलाल श्रेष्ठलाई ‘बालकृष्ण बालकुमारी, मथुरादेवी कलानिधि संगीत सम्मान’, शास्त्रीय गायक भोला राईलाई ‘क्याप्टेन गोपालप्रसाद रंगराव पद्मा कादम्बरी कलानिधि संगीत सम्मान’, आधुनिक गायक शिव परियारलाई ‘विनोद सिटौला, मैयानानी बाबुज्यान कलानिधि संगीत सम्मान’, रचनाकार तथा साहित्यकार सुवासचन्द्र ढुंगेललाई ‘नरेश उमा गौतम, हरिकृष्ण तिर्थकुमारी कलानिधि संगीत सम्मान’ र भक्ति संगीततर्फ किरण शाक्यलाई ‘श्याम मलेकू, सिर्जना सिजापति कलानिधि संगीत सम्मान’ प्रदान गरिएको थियो।

सनिरा महर्जन, मिनादेवी गुरुङ, आषिका श्रेष्ठ, जानु लामा र मनिषा तामाङको चर्या नृत्यबाट सुरु भएको कार्यक्रममा सन् २०१६÷०१७ का उत्कृष्ट विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। दुई चरणमा गरिएको कार्यक्रमको दोस्रो चरणमा शास्त्रीय गायन प्रस्तुत गरिएको थियो। जसमा दीपशिखा रावलले मधुवन्ती राग प्रस्तुत गर्दा उनलाई तबलामा जीवन राई, हार्मोनियममा राहुल श्रीवास्तव र तानपुरामा सुस्मा महर्जनले साथ दिएका थिए। त्यस्तै महाविद्यालयका विद्यार्थीहरू श्रुति काफ्ले, पार्वती श्रेष्ठ, उष्णता श्रेष्ठ र वर्षा शर्माले कत्थक नृत्य, महाविद्यालयका विद्यार्थीहरू धनबहादुर गुरुङ, प्रसन्न श्रेष्ठ, मनिष गन्धर्व, पारसमणि सुवेदी, सरोज भूजेल, कर्मा वाङ्चु शेर्पा, प्रवीण रसाइली, मिलन सुनार, कविन महर्जन, विजय थिङ, प्रशान्त सिंह बस्नेत, दिलिप थापा, परशु केसी, सौगात मगर, इश्वर गिरी, सुरज शाह, सचिन लामा, उर्भि सिंह र रमेश तिवारीले अर्केष्टामा ‘वृन्दावन’ प्रस्तुत गरेका थिए।

त्यस्तै सुगम संगीततर्फ रुपादेवी लामिघातेले सेमिक्लासिकल नृत्य, ‘कलानिधि आइडल २’का विजेता मिलनकुमार खपांगीले आधुनिक गीत, सम्मानितका तर्फबाट गायक शिव परियारले गीत, महाविद्यालयका विद्यार्थीहरू सनिरा महर्जन, मिनादेवी गुरुङ, आशिका श्रेष्ठ, जानु लामा, मनिषा तामाङ, कमला दाहाल, सीता सुवेदी, ममिता मगरले ‘झ्याउरे नृत्य’, सम्मानित ज्ञानु रानाले आधुनिक गीत प्रस्तुत गरेका थिए।

कार्यक्रममा शताब्दीपुरुष तथा संस्कृतिविद जोशीले महाविद्यालयले कला, संगीत, गायन र नृत्यका विविध विषयमा प्रतिभावान विद्यार्थीहरू उत्पादन गरिरहेकाले आगामी दिनमा अझ राम्रा प्रतिभा आउने बताए। महाविद्यालयकी अध्यक्ष तथा संरक्षक श्रेष्ठले कलाकार भौतिक रूपमा मरेर गए पनि उसको काम सदैव बाँचिरहने बताइन्।

प्रकाशित: २७ वैशाख २०७६ ०२:११ शुक्रबार

शोभा_ज्ञवाली पदमकृष्ण सत्यमोहन_जोशी