कला

ट्‍यूमरको शल्यक्रिया पछि श्वेताले भनिन् : दोस्रो जिन्दगी पाएँ

काठमाडौं- अभिनेत्री श्वेता खड्काको ट्यूमरको शल्यक्रिया गरिएको छ। उनले सामाजिक सञ्जाल फेसवुकमा मार्फत आफ्नो गर्धनमा देखिएको ट्यूमरको सफलतापूर्वक शल्यक्रिया गरिएको बताएकी छन्।

आफ्नो नयाँ चलचित्र 'हेल्लो जिन्दगी' को सुटिङको लागि लन्डनमा रहेको समयमा उनी अस्वस्थ बनेकी हुन्। चिकित्सकले केही समयमा शल्यक्रिया गरे हुने बताए पनि लन्डनमा केही समय काम गरेपछि ज्वरो र दुखाईले पीडित बनेपछि तुरुन्तै शल्यक्रिया गर्नुको विकल्प नभएको उनले बताएकी छन्। दुखाई बढी भएपछि नयाँ दिल्ली आएर उनले उपचार गराएकी हुन। उनको नयाँ दिल्लीमा रोवर्टिक्स शल्यक्रिया गरिएको हो।

उनले आफ्नो नयाँ चलचित्रको लागि काम गर्न नसक्ने बताएकी छन्। जीवनले आफुसँग अर्को खेल खेले पनि दोस्रो जिन्दगी पाएको उनले फेसवुकमा लेखेकी छन्।

प्रकाशित: १६ वैशाख २०७६ ०६:०२ सोमबार

श्वेता_खड्का शल्यक्रिया ट्‍यूमर अभिनेत्री