कला

‘फिल्मकर्मी इमान्दार हुनुपर्‍यो’

काठमाडौं – नेपाली फिल्मसँग सरोकार राख्ने निकायका प्रमुखले फिल्मकर्मीमा इमान्दारिता हुनुपर्नेमा जोड दिएका छन्। चलचित्र पत्रकार संघले नेपाल चलचित्र निर्माता संघसँगको सहकार्यमा राजधानीमा सोमबार आयोजना गरेको ‘चलचित्र क्षेत्रका बेथिति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरूले इमान्दारिताको अभावमा नै फिल्मले सही जानकारी पाउन नसकेको बताए।

नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयले नेपाली फिल्म क्षेत्र समस्यै समस्यामा घेरिएको बताए। ‘गएको वर्ष  तीन वटामात्र फिल्मले सफलताको स्वाद चाखे। बाँकी फिल्म असफल रहे। फिल्मकर्मी इमान्दार हुनुप-यो’, उदयले भने, ‘नेपाली फिल्मका विषयमा कोही पनि सकारात्मक छैनन्। फिल्मकर्मीहरू इमान्दार नभएसम्म यो समस्या जस्ताको तस्तै हुन्छ।’

फिल्मले व्यावसायिक सफलता हात पारेको हुँदैन। बाहिर बस्ने नयाँ अनुहारलाई फलाना फिल्मले यति व्यापार ग-यो भनेर हल्ला फिजाउँछन्। त्यही हल्लाले गर्दा विदेशमा बस्ने नेपालीहरू फिल्म बनाउन आतुर हुन्छन्।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाली फिल्मका विषयमा गलत सूचना प्रवाह भइरहेकाले पनि नयाँ निर्माताको आगमन बढेको बताए। ‘फिल्मले व्यावसायिक सफलता हात पारेको हुँदैन। बाहिर बस्ने नयाँ अनुहारलाई फलाना फिल्मले यति व्यापार ग¥यो भनेर हल्ला फिजाउँछन्। त्यही हल्लाले गर्दा विदेशमा बस्ने नेपालीहरू फिल्म बनाउन आतुर हुन्छन्’, अधिकारीले भने, ‘फिल्म क्षेत्रमा रहेका एजेन्टले गर्दा मुलुकबाहिर फिल्मका विषयमा नकारात्मक सन्देश गइरहेको छ। फिल्म क्षेत्रको बारेमा केही कुरा नबुझी फिल्म बनाउने काम नगर्नु होला मेरो आग्रह छ। त्यसका लागि हामी इमान्दार हुनुपर्छ।’

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले फिल्म क्षेत्रमा पारदर्शिता बढाउन बक्स अफिसलाई कार्यान्वयनमा लैजान आफु लागिपरेको बताए। ‘बोर्डले देशभरका ८० हलमा फ्रि अफ कष्टमा बक्स अफिसको सफ्टवायर राख्दैछौं। आगामी साउन १ गतेसम्म पूर्ण रूपमा बक्स अफिस लागु हुन्छ’, अध्यक्ष भट्टराईले भने, ‘मेरो कार्यकालमा फिल्म क्षेत्रले केही फरकपनको आभाष पाउनेछ।’ चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले फिल्मकर्मी र फिल्म पत्रकारबीचको असन्तुष्टिलाई हटाउँदै भविष्यमा यी दुई पेशाबीच सुमधुर सम्बन्ध कायम गर्न कार्यक्रम गरिएको बताए।

प्रकाशित: ३ वैशाख २०७६ ०३:०९ मंगलबार

फिल्मकर्मी चलचित्र_पत्रकार_संघ पत्रकार