कला

जोशीको प्रतिमा अनावरण

काठमाडौं – खिलशर्म–राजीवलोचन जोशी स्मारक प्रतिष्ठानको आयोजनामा कपिलबस्तुको कपिलधाम साहित्य चौतारीको प्राङ्गणमा कवि शिरोमणि राजीवलोचन जोशीको प्रतिमा स्थापना गरिएको छ। प्रतिमाको पूर्वमन्त्री तथा काँग्रेस नेता दीपकुमार उपाध्यायले हालै अनावरण गरे।

नेपाली साहित्यको माध्यमिक कालको उन्नयनमा महत्वपूर्ण योगदान पुयाएका जोशीको ‘केदारकल्प’, ‘गफारुटक’, ‘गाञ्जीफारुटक’, ‘कालिकारुटक’, ‘पवित्रत्व’, ‘धर्मभाषाश्लोक’, ‘विदुरनीति’, विस्मातश्लोक संग्रह’ तथा ‘अंगस्फूरण’लगायतका कृति प्रकाशित छन्। साहित्य चौतारी कपिलधामको सहकार्यमा भएको कार्यक्रममा प्राज्ञपरिषद् सदस्य दिनेशराज पन्त, शिक्षाविद् पुरुषोत्तमराज जोशीलगायतले मन्तव्य राखेका थिए।

प्रकाशित: २ वैशाख २०७६ ०४:३४ सोमबार

जोशी साहित्य