कला

कन्हैया कुमारलाई जिताउन बलिउड अभिनेत्री बिहारमा

मुम्बई– बलिउड अभिनेत्री स्वरा भाष्कर चर्चित विद्यार्थी नेता कन्हैया कुमारको समर्थनमा उत्रिएकी छिन्। आजबाट सुरु भएको लोकसभा निर्वाचनमा बिहारबाट उम्मेदवार रहेका कन्हैयाको चुनावी प्रचारमा समेत स्वरा उत्रिएकी छिन्।

भारतीय कम्युनिस्ट पार्टी (सिपीआई)का उम्मेदवार रहेका कन्हैयाको समर्थनमा स्वराले बिहारको बेगुसरायमा पहिलोपटक चुनावी सभालाई सम्बोधन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आफ्नो चुनावी सम्बोधनको भिडियो ट्वीटरमा शेयर गर्दै स्वराले लेखेकी छिन्, ‘मेरो पहिलो राजनीतिक सम्बोधन बेगुसरायमा। कन्हैया कुमारलाई समर्थन। जय भीम, लाल सलाम।’

जेएनयुका पूर्वअध्यक्ष कन्हैया कुमारलाई समर्थन गर्न स्वरा दिल्लीबाट बिहार आएको बताइएको छ। 

स्वराका साथै गुजरातका सांसद जिगनेस मेभनी, जेएनयुका पूर्व विद्यार्थी नेता शिला रसिद, लेखक गुरमेहर कौर पनि कन्हैयालाई जिताउन बिहार आइपुगेका छन्। 

प्रकाशित: २८ चैत्र २०७५ ०५:५८ बिहीबार

कन्हैया_कुमार बिहार लोकसभा_निर्वाचन स्वरा_भाष्कर समर्थन