कला

रमेशको ‘हिउँको फूल’

काठमाडौं– तेह्र  वर्ष अघि पहिलो गीतिसंग्रह ‘बालुवाको घर’प्रकाशन गरेका गीतकार रमेश दहालको दोस्रो गीतिसंग्रह ‘हिउँको फूल’ सार्वजनिक भएको छ। संग्रहमा गीतकार दहालका करिब ७० गीत समावेश छन्। माया, प्रेम, देश, परदेश र युवाहरूसँग सम्बन्धित गीतहरूमध्ये अधिकांश गीतहरू रेकर्ड भईसकेका छन्।

संग्रहमा लोकशैली, आधुनिक शैली र पप शैलीमा लेखिएका गीतहरू समावेश छन्। संग्रहमा गीतकार रत्नशमशेर थापाले भुमिका लेख्दा रमेश पौडेलले कभर डिजाइन र संगीत निर्देशक शक्तिबल्लभ श्रेष्ठले शुभकामना दिएका छन्। संग्रहका प्रकाशक शर्मिला बस्नेत हुन्।

गीतकार दहालले गीत लेखेरै विभिन्न अवार्ड जितिसकेका छन् । ‘गीतकारले लेखेका गीत फुस्सा खालको हुनुहुँदैन् । गम्भीर भएर सोच्ने खालको गीत हुनुपर्छ’, गीतकार दहाल भन्छन्। 

 

प्रकाशित: १५ चैत्र २०७५ ०६:१४ शुक्रबार

हिउँको_फूल रमेश