कला

अलिना ‘टप अफ द वल्र्ड नेपाल’

काठमाडौं – विवाहित महिलाहरूमा लक्षित ‘मिसेस् टप अफ द वल्र्ड २०१९’ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि नेपाली सुन्दरी अलिना तुलाधर छनोट भएकी छन्।

व्यक्तिको बौद्धिक क्षमता र व्यक्तित्वको सौन्दर्यलाई मात्र नभई राष्ट्रिय पहिचानको सौन्दर्यलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रचार गर्न प्रतियोगिताको नेपाली आधिकारिक संस्था इप्लानेटले अलिनालाई ‘मिसेस् टप अफ द वल्र्ड नेपाल २०१९’ रूपमा घोषणा गरेको हो। अनिला श्रेष्ठको अगुवाईमा ग्रीन आर्टस् मिडियाले अलिनालाई छनोट गरेको हो। 

अलिनालाई गत शुक्रबार राजधानीमा एक कार्यक्रम गरी विजेताको ताज पहिर्याइएको थियो। अलिनाले ‘मिसेस् टप अफ वल्र्ड २०१९’ मा सहभागी हुनुअघि कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धी अभिमुखिकरण र प्रशिक्षण प्राप्त गर्नेछिन्। अन्तर्राष्ट्रिय प्रतियोगिता लातभियाको रिगा शहरमा २०१९ मे २९ देखि जून २ तारिखसम्म हुँदैछ।

स्नात्तकोत्तर अध्ययन गरेकी अलिना हाल सिभिल ग्रुपमा आबद्ध छिन्। पेशाले उनी व्युटिसियन पनि हुन्। यसअघि सन् २०१५ को संस्करणमा रजनी थापाले सहभागिता जनाएकी थिइन्। जहाँ उनले ‘फोर्थ रनर अप’ तथा ‘मिसेस् डायमण्ड अफ द वल्र्ड’को अवार्ड जितेकी थिइन्। इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाका अनुसार सौन्दर्य प्रतियोगिताको क्षेत्रमा चलिआएको धारलाई परिमार्जन गर्दै व्यतिmगत सौन्दर्यलाई भन्दापनि राष्ट्रिय सौन्दर्यलाई ध्यान दिन प्रतियोगिता गरिएको हो। 

 

प्रकाशित: १३ चैत्र २०७५ ०२:४९ बुधबार

विवाहित_महिला मिसेस्_टप_अफ_द_वल्र्ड_२०१९ नेपाली_सुन्दरी अलिना_तुलाधर छनोट