कला

करिष्मा मानन्धरको एसईई (फोटोफिचर)

काठमाडाैँ - नेपाली चलचित्रकी चर्चित अभिनेत्री करिष्मा मानन्धरले आफ्नो अध्ययन गर्ने चाहनालाई पूरा गर्न एसईई परीक्षा दिएकी छन्।

परीक्षा दिनका लागि मानन्धर आफैं बा९च ४२६ नम्बरको कार चढेर परीक्षा केन्द्र पुगेकी थिइन्। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन्।

यस वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार सुरु भई यही चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।

नेपाली_चलचित्र करिष्मा_मानन्धर एसईई