कला

इसानकोे ‘आफु त हजुर’

खोटाङ – गायक इसान वसन्तको नयाँ भिडियो गीत बजारमा आएको छ । सांगीतिक क्षेत्रमा संघर्षरत गायक इसानको ‘आफु त हजुर’ बोलको गीत बजारमा आएको हो।

विकास चौधरीको शव्द र संगीत रहेको गीत खिचडी नेपाल प्रोडक्सनको यूटुवमार्फत सार्वजनिक गरिएको हो। वैदेशिक रोजगारमा गएका नेपाली युवाको कथा–व्याथा र समस्यालाई चित्रण गरिएको भिडियो गीतमा गायिका÷मोडल अर्जुना राई, शुभम चाम्लिङ, निश्चल राई, शुभकाजी लगायतको अभिनय रहेको छ।

आवर मञ्जुश्री स्टुडियोमा रेकर्ड गरिएको भिडियो गीत सञ्जय हमालको एरेन्जमा रिलिज गरिएको हो। हाल स्वयम्भु बसिरहेका गायक इसानले २०७१ सालदेखि औपचारिकरुपमा सांगीतिक यात्रा सुरु गरेका हुन्। यसअघि ‘फेरी पनि’ बोलको राष्ट्रिय गीत बजारमा ल्याइसकेका इसानले तीन वटा नयाँ गीत तयार भइरहेको बताए।

प्रकाशित: ८ चैत्र २०७५ ०४:३८ शुक्रबार

गायक इसान_वसन्त आफु_त_हजुर