कला

र्‍याप ब्याटल प्रतियोगिता

काठमाडौं – र्‍याप संगीतको विकासका लागि नेपालमै पहिलोपटक प्रतियोगितात्मक ‘र्‍याप ब्याटल अफ नेपाल २०१९’ हुने भएको छ। शैक्षिक र मनोरञ्जनात्मक इभेन्ट गर्दै आइरहेको संस्था एएनपी मिडिया हाउसले प्रतियोगिता आयोजना गर्न लागेको हो।

हाउसका प्रबन्ध निर्देशक लबबहादुर कार्कीले १२ वर्षदेखि २४ वर्ष उमेर समूहका कम्तिमा ८ कक्षा अध्ययन गर्दै गरेका नेपाली नागरिकले प्रतियोगितामा सहभागिता जनाउन सक्ने बताए। ‘यो रियालिटी शोमा भोटिङ प्रणाली तथा निर्णायकको मूल्यांकन आधारमा विजेता घोषणा गरिनेछ’, कार्कीले भने। 

व्याटलमा प्रथम हुनेलाई ३० हजार रुपैंयाँ तथा ‘फष्ट’ र ‘सेकेण्ड रनर अप’लाई क्रमशः २० र १० हजार रुपैंयाँ प्रदान गरिनेछ। प्रतियोगिताका लागि आगामी चैत २२ गते राजधानीमा अडिसन लिइनेछ। अडिसनबाट सयजनालाई चयन गरिने र उनीहरू बिच स्पर्धा गराइने कार्कीले खुलाए। उनका अनुसार यो प्रतियोगिता नेपालका चर्चित र्‍यापरहरूकैबिच सञ्चालन गरिनेछ। 

 

प्रकाशित: ५ चैत्र २०७५ ०५:१७ मंगलबार

र्‍याप_संगीत र्‍याप_ब्याटल_अफ_नेपाल_२०१९ एएनपी_मिडिया_हाउस