कला

सातौं मास्टर एन्ड मिस काठमाडौं सम्पन्न

काष्ठमण्डप – सातौं मास्टर एन्ड मिस काठमाडौं नेवाः किन्डरगार्टेनको उपाधि निर्वेश र रेवतीले जितेका छन्। काठमाडौंमा शनिबार सम्पन्न सातौं मास्टर एन्ड मिस काठमाडौं नेवाः किन्डरगार्टेनमा प्रतियोगितामा २५ जना प्रतिस्पर्धीबीच निर्वेश र रेवतीले उपाधि हात पार्न सफल भएका हुन्। निर्वेशलाई २०१८ का विजेता मास्टर राग डंगोलले उपाधिको टोपी लगाइदिए भने रेवतीलाई मिस नेवाः किन्डरगार्टेन २०१८ रेहना श्रेष्ठले ताज पहि¥याइदिइन्। प्रतियोगितामा उत्कृष्ट बेस्ट पर्सनालिटीको पुरस्कार भने सम्मानले पाए। त्यसैगरी बेस्ट ड्रेस अक्षताले र बेस्ट स्पोकन मुखूले जित्न सफल भए।

अन्य विधामध्ये बेस्ट नेपालभाषा लूजः, बेस्ट वाक तेन्जिन, उत्कृष्ट प्रस्तुति बेस्ट पर्फमर सम्यक, मोस्ट इनर्जेटिक आरोसा, बेस्ट स्माइल सेसुले जितिन्। पुरस्कृत सबैलाई चर्या नृत्य गुरु चन्द्रमान मुनिकारले पुरस्कार वितरण गरेका थिए। त्यसैगरी बेस्ट हेयर स्टाइलिसको पुरस्कार मुखूका हेयर स्टाइलिस विभिनाले जितिन्। सेसुकी मेकअप आर्टिस्ट निक्किले बेस्ट मेकअपको पुरस्कार हात पारिन् भने बेस्ट ड्रेस डिजाइनरको पुरस्कार अक्षताका ड्रेस डिजाइनर मुस्कानले पाएकी छन्।

पुरस्कृत तीनै जनालाई काठमाडौं नेवाः किन्टरगार्टेनका प्रधानाध्यापक राजेन्द्र महर्जनले पुरस्कार प्रदान गरेका थिए। निर्णायक मण्डलमा फोटो पत्रकार रेखा शाक्य, गायक साथै संचारकर्मी सुरजवीर बज्राचार्य र चलचित्रकर्मी रवि सायमि सम्मिलित थिए। मातृभाषाबाट पढ्ने विद्यार्थी पनि कुनै क्षेत्रमा कम छैनन् भनी देखाउनका लागि कार्यक्रमको आयोजना गरेको प्रधानाध्यापक महर्जनले बताए। मातृभाषाको माध्यमबाट अध्ययन गर्न पाउँदा विद्यार्थीले चाँडो बुझ्ने र सिक्ने हुँदा अभिभावकले पनि आफ्ना छोराछोरीलाई मातृभाषा माध्यमबाट शिक्षा दिनुपर्नेमा उनले जोड दिए। कार्यक्रममा प्रतियोगी विद्यार्थीले नेपाली साथै पश्चिमी नृत्यसमेत प्रस्तुत गरेका थिए। विद्यार्थीले मौलिक नेपाली संस्कृति झल्किने भेषभूषा लगाएका थिए।

प्रकाशित: ४ चैत्र २०७५ ०६:०० सोमबार

मास्टर_काठमाडौं मिस_काठमाडौं प्रतिस्पर्धा