कला

जापानी फिल्म महोत्सव हुने

काठमाडौं - जापानी संस्कृतिको प्रवद्धन गर्दै राजधानी र पोखरामा जापानी फिल्म महोत्सव हुने भएको छ । महोत्सव शुक्रबारदेखि पोखराको गैरापाटनस्थित पोखरा उद्योग वाणिज्य संघको हलमा सुरु हुँदैछ । महोत्सवको उद्घाटनमा ‘सर्भाइभल फेमली’ नामक फिल्म प्रदर्शन हुनेछ । 

तीन साताका शुक्रबार र शनिबार गरेर आयोजना हुने महोत्सव काठमाडौ आर्मी अफिसर्स क्लबमा चैत ८ र ९ मा हुनेछ । त्यस्तै, जापानी दूतावासको हलमा चैत १५ र १६ मा फिल्म प्रदर्शन हुने जानकारी जापानी दूतावासले प्रेस विज्ञप्तिमार्फत गराएको थियो । काठमाडौंस्थित जापानी दूतावास, जापान फाउन्डेसन, जापानी भाषा शिक्षक संघ नेपालले संयुक्त रुपमा महोत्सवको आयोजना गर्न लागेको हो।

महोत्सवमा जापानी भाषाका नौ वटा फिल्महरु प्रदर्शन हुने जानकारी जापानी दूतावासले जनाएको छ। जापानी संस्कृतिमा आधारित ‘निन्जा किड्स’, ‘टाइम अफ इभ अफ द मुभी’, ‘इट इज ब्युटिफुल लाइभ’, ‘फाइभ सेन्टिमिटर पर सेकेन्ड’, ‘हाना नो अटो’ र ‘नोरिबे’ लगायत फिल्महरु प्रदर्शन हुनेछन्। 

 

प्रकाशित: ३० फाल्गुन २०७५ ०४:२३ बिहीबार

फिल्म_महोत्सव जापान सर्भाइभल_फेमली