कला

भ्रष्टाचारविरुद्ध चित्रकला

काठमाडौं – भ्रष्टाचारविरुद्ध चेतना जगाउनका लागि युवा कलाकारहरूले सिर्जना गरेका चित्रहरूको राजधानीमा प्रदर्शन भइरहेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल(टीआई नेपाल)ले आयोजना गरेको प्रदर्शनी आइतबारबाट सुरु भई मंगलबार समापन हुनेछ।

राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी प्रदर्शनीमा ६२ जना युवा कलाकारहरूले तयार पारेका चित्रहरू राखिएका छन्। प्रतिष्पर्धात्मक प्रदर्शनीमा १२ चित्रहरू उत्कृष्ट भएका छन्। चित्रकार गोविन्दमान सिंह डंगोल र टीआई नेपालका अध्यक्ष खेमराज रेग्मी सम्मिलित टोलीले उत्कृष्ट चित्रको छनौंट गरेको हो।

प्रदर्शनीमा उद्धवराज रिमाल पहिलो, कृष्ण लामा दोस्रो र साजन ह्याङ्गजु तेस्रो भएका छन्। उनीहरूले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे। प्रदर्शनीमा अनिल महर्जन, निरज चित्रकार, लक्ष्मण भुसाल, सविन आचार्य, कमल श्रेष्ठ, विद्यामन तामाङ, रोजन खड्का, विवश राई, कृष्णादेवी महर्जनले सान्तवना पुरस्कार स्वरुप जनही २ हजार र प्रमाणपत्र पाए। प्रदर्शनीको शुभारम्भ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले गरेका थिए।

प्रकाशित: २८ फाल्गुन २०७५ ०७:१३ मंगलबार

टीआई_नेपाल ट्रान्सपरेन्सी_इन्टरनेशनल_नेपाल भ्रष्टाचार