कला

युद्धप्रसाद पुरस्कार शर्मालाई

काठमाडौं– युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले दाङका प्रगतिवादी कवि नारायण शर्मा अधिकारीलाई युद्धप्रसाद मिश्र स्मृति पुरस्कार प्रदान गरेको छ। सोमबार राजधानीमा प्रतिष्ठानद्धारा आयोजित  कार्यक्रमा सो पुरस्कार प्रदान गरिएको हो। पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ। कार्यक्रम प्रगतिवादी कवि वासुदेव अधिकारी  सो पुस्कार अधिकारीलाई हस्तान्तरण गरेका थिए। 

कार्यक्रममा मिश्रमाथि अनुसन्धान गरेका र उनकै विषयमा विद्यावारिधी गरेका डा. पशुपतिनाथ तिमल्सिनाले मिश्रलाई प्रथम गणतन्त्रवादी कवि घोषणा गर्न माग गरे। उनले मिश्रको कविता कृित र समग्र साहित्यमा उनले पुर्याएको योगदानको बारेमा चर्चा गर्दै प्रथम गणतन्त्रवादी कवि घोषणा गर्न माग गरे।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष अनिल पौडेलले मिश्रलाई प्रथम गणतन्त्रवादी कवि घोषणा गर्न प्रतिष्ठानले अगुवाई गर्ने र त्यसमा  सबै साहित्यकारहरुले सहयोग गर्न आग्रह गरे। कार्यक्रममा डा. जिवेन्द्रदेव गिरी, डा.लेख निरौला,डा. बालचन्द्र मिश्र, कमल मिश्र लगायतले मिश्रको योगदानबारे चर्चा गरेका थिए।  

प्रकाशित: ६ फाल्गुन २०७५ १३:३२ सोमबार

युद्धप्रसाद_मिश्र_स्मृति_प्रतिष्ठान नारायण_शर्मा_अधिकारी पुरस्कार