कला

सन्ध्या ‘सुपर प्लस साइज मोडल’

काठमाडौं – राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न दोस्रो संस्करणको ‘सुपर प्लस साइज मोडल नेपाल २०१९’ को उपाधि सन्ध्या केसीले जितेकी छन्। उनले शीर्ष ताजसँगै ५० हजार रुपैंयाँ र विभिन्न उपहारसँगै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘टप अफ द वल्र्ड प्लस साइज २०१९’ मा सहभागिताको अवसर पाएकी छन्।

प्रतियोगितामा नेहा गिरी ‘फस्र्ट रनर अप’ हुँदा उनले ३० हजार रुपैंयाँसँगै ‘वल्र्ड टप प्लस साइज २०१९’मा सहभागिताको अवसर पाइन्। त्यस्तै आशा चौधरीले ‘सेकेन्ड रनर अप’ सँगै २० हजार रुपैयाँ पाइन्। ओमानियाको प्रस्तुतीमा शारीरिक वजन बढी भएका महिलाहरूको लागि मोडल सङ्स नेपालले आयोजना प्रतियोगितामा नेपाल महिला च्याम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ प्रमुख अतिथि थिइन्। प्रतियोगितामा गायक सिताराम पोखरेल, अभिनेत्री सुष्मा कार्की, नायक तथा कोरियोग्राफर गजित बिष्ट, सौन्दर्य व्यवसायी रेखा मोदी मित्रुका, निर्देशक योगेश घिमिरे र समाजसेवी तथा महिला व्यवसायी शर्मिला सुब्बा निर्णायक थिए।

आयोजक संस्थाकी प्रियंका बोथ्राले मोटोपनका कारण निराश भई बसेका महिलाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता अभिवृद्दि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताइन्। प्रतियोगीहरूर्ला सपना राई र आरती प्रधानले एक महिनासम्म शारीरिक फिटनेस, फोटो सेसन, व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण दिएका थिए। संस्थाका प्रबन्ध निर्देशक डेभिलसिंह राजपुतले अधिकांश सौन्दर्य प्रतियोगिताले अविवाहित र पातलो शारीरिक बनावट भएकालाई मात्र स्थान दिँदै आएकोमा शारीरिक रूपमा मोटा र विवाहित महिलालाई आफुहरूले स्थान दिएको बताए।
 

प्रकाशित: १ फाल्गुन २०७५ ०४:०८ बुधबार

सुपर_प्लस_साइज_मोडल नाचघर सन्ध्या_केसी