कला

‘अदालत’को ‘मिठो बोली’

काठमाडौं – आगामी फागुन २४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘अदालत’को ‘मिठो बोली’ बोलको गीत सार्वजनिक भएको छ। फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मको गीत शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच नेकपाका नेता देव गुरुङले सार्वजनिक गरे। 

गीतमा सुसन साम्सोहाङ र मेनुका राईको स्वर छ। गीतमा दिनेश लिङ्देनको शब्द र रोशन वान्तवा राईको संगीत छ। एलिना बास्कोटा र मदन भुजेललगायत फिचर्ड गीतमा दिनेश माङ्मुको कोरियोग्राफी छ। नेता गुरुङले फिल्मले सकारात्मक कथा बोक्नेमा आफु आशावादी रहेको बताए। कार्यक्रममा नेता गुरुङले मिस नेपाल हङकङ सोसाइटी र बडीबिल्डिङ एसोसिएसन हङकङका अध्यक्ष लोकराज लिम्बुलाई सम्मान गरेका थिए।

फिल्मका लेखक तथा निर्देशक दिनेश लिङ्देनले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दाजस्ता आपराधिक एवं संवेदनशील घटनाका विरुद्धको न्यायको कथालाई देखाइएको बताए।

फिल्ममा एलिना बास्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडकाआदिको मुख्य भुमिका रहेको छ। मदन, राजकुमार, रुद्र र शान्तिले यसै फिल्मबाट डेब्यु गरेका हुन्। फिल्ममा बसन्त थेवे कार्यकारी निर्माता, मेखबहादुर मगर सह–निर्माता र आरपी दाहाल प्रस्तुतकर्ता छन्। फिल्ममा कविता राई लिङ्देन निर्मात्री छिन्।

 

प्रकाशित: २७ माघ २०७५ ०४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App