कला

रहरै रहरमा मोडल

काठमाडौं– चाणक्य नीतिले भन्छ कर्मभन्दा ठूलो लक्ष्य हो। त्यसो त महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि भनेका छन्, ‘उद्देश्य के लिनु? उडी छुनु चन्द्र एक’। चाणक्य नीति र महाकवि देवकोटाको महान वाणीजस्तै सम्झना शिवशक्तीलाई उनको लक्ष्यले गन्तव्यमा पु-याएको छ। कला क्षेत्रमा सानैदेखि उनको रुची थियो। स्कुल कलेजमा भएका नृत्य प्रतियोगितामा उनी नछुटाइ भाग लिन्थिन। उनको सपना थियो मोडल बन्ने। सपनाले बाटो समातेको छ, उनी पागल गीतको म्युजिक भिडियोमार्फत मोडलिङ क्षेत्रमा प्रवेश गरेकी छिन्। 

दिलकुमार कार्की र सावित्री केसी स्वर रहेको पागल गीतको भिडियोमा सम्झनाले फिचरिङ गरेकी छिन्। प्रेम, विहे र धोकामा आधारित गीतको भिडियोमा सम्झना मुख्य भूमिकामा छिन्। सम्झनालाई रुद्र केसी, गणेश, मुना, सुरेशले साथ दिएका छन्। गीतको शब्द दिलकुमार कार्कीले लेखका हुन भने संगीत गणेश कार्कीले भरेका छन्। भिडियोको निर्देशन समीर थोकरले गरेका हुन।

नृत्य र अभिनय नसिकेरै मोडल

मोडलिङमा डेब्यु गरेकी सम्झना यस्ती मोडल हुन जसले कलाकारितामा प्रवेश गर्न न त नृत्य नै सिकिन, न त अभिनय नै। कला क्षेत्रमा रुची भएपनि उनी पढाइमै फोकस छिन्। आफूसँगै पढ्ने कला क्षेत्रमा सक्रिय साथीमार्फत म्युजिक भिडियोको अफर आएपछि उनले डेब्यु गरिन। सम्झनाको डेब्यु उनको लागि र संगीत उद्योगका लागि नै सुखद रह्यो। जसको पुष्टि उनको अभिनयको तारिफमा आएका प्रतिक्रियाले गर्छ। 

‘मैले केही पनि सिकेको छैन, न अभिनय सिक्छु, न डान्स सिकेको छुँ। तर मेरो बच्चैदेखि चाहना थियो। अफरहरु केही आएको थिएन। म आफ्नो पढाईलाई निरन्तरता दिइरहेकी थिएँ’, उनी भन्छिन्,  ‘साथी (गंगा थापा) ले ‘पागल’ गीतको म्युजिक भिडियोबारे जानकारी दिइन, अनी घरमा सल्लाह गरे। अनुमति पाएपछि खेले।’ सम्झना अहिले स्तानक तेस्रो वर्षमा अध्ययरत छिन्।

भिडियाे

सपना कलाकार बन्ने भएपनि उनले बाहिर नृत्य सिकेकी छैनन्। ‘पहिले कलेजमा नाच्थें। घरमा पनि प्राक्टिस गर्छु। तर बाहिर सिकेकी छैन’, उनले भनिन्, ‘अफर आयो भने गर्नसक्छु भन्ने कन्फिडेन्स थियो। अहिले काम गर्दा, क्यामेरा फेस गर्न मलाई कुनै अप्ठेरो भएन। फ्यामिलीसँगै काम गरेको जस्तो भयो।’ 

पहिलो भिडियोबाट सकारात्मक प्रतिक्रिया आएको सुनाउँदै सम्झनाले भनिन्, ‘यसमा भविष्य छ भन्ने लाग्यो भने अगाडि बढ्छु।’ 

पहिलोपटक भिडियोमा अभिनय गर्दाको अनुभव कस्तो रह्यो? भन्ने प्रश्नमा उनले सुनाइन्, ‘विहान ६ देखि राती १२ बजेसम्म जम्मा २ टेक लिए। अनी निर्देशकलाई दाजु यस्तो गर्दा कसो होला भनेर भन्दा उहाँले गुड भन्नुभयो। अभिनय नेचुरल हुनुपर्छ भनेर यो वे बाट जाउँ भन्दा सहज रुपमा लिनुभयो। कन्फिडेन्सका साथ काम गरे।’

आफ्नो अभिनयलाई लिएर सकारात्मक प्रतिक्रिया आएकोमा खुसी जनाउँदै उनले भनिन्, ‘दर्शक मेरा भगवान हुन। पहिलोमा यति मन पराइदिनुभयो। के कमीकमजोरी भएको छ, पोजेटिभ तरिकाबाट सल्लाह सुझाव दिनुभयो भने अझ सहज हुन्छ अगाडि काम गर्न। म दर्शकलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु।’ 

प्रकाशित: २६ माघ २०७५ ०९:०७ शनिबार

माेडल सम्झना_शिवशक्ती डेब्यू