कला

‘बोहेमियन राप्सोड’ उत्कृष्ट फिल्म

लसएन्जल्स – हलिउड अवार्ड सिजनको प्रमुख अवार्डका रूपमा रहेको ७६ औं संस्करणको ‘गोल्डेन ग्लोब अवार्ड’ मा फिल्म ‘बोहेमियन राप्सोड’ले ‘बेस्ट मोसन पिक्चर ड्रामा’को अवार्ड जितेको छ। फिल्म र फिल्मका कलाकारका लागि ओस्कार अवार्ड दौडको आधारशिविरका रूपमा रहेको यो अवार्डमा अभिनेत्री ओलिभा कुलमेनले फिल्म ‘दी फेभरेट’का लागि ‘बेस्ट एक्ट्रिस’को अवार्ड दाबेदार बनिन्।

म्युजिकल कमेडी फ्लेभरको फिल्ममा कुलमेनले ‘क्वीन एनी’को भूमिकामा अभिनय गरेकी छन्। अवार्ड ग्रहण गरेपछि उत्साहित कुलमेनले परिवारमा रहेका श्रीमान र छोराछोरीलाई ‘हेर यो’ भन्दै हातमा लिएको ट्रफी उचालेर देखाएकी थिइन्। म्युजिकल कमेडीमा फिल्म ‘भाइस’का लाग ‘बेस्ट एक्टर’को अवार्ड जितेका नायक क्रिश्चियन बेलले फिल्मका लागि महत्वपूर्ण भूमिका दिएको सतनलाई धन्यवाद दिए। फिल्ममा बेलले सन् २००१ देखि २००९ सम्म अमेरिकाको पूर्व उपराष्ट्रपति डि चेनेको भूमिकामा अभिनय गरेका छन्। फिल्ममा उनलाई विश्वव्यापी समस्याको जडका रूपमा चेनेलाई देखाइएको छ।

टेलिभिजन ड्रामाका लागि रिचर्ड मेडनले बीबीसी ड्रामा ‘बडीगार्ड’का लागि अवार्ड उचाले। उनले आफूमाथि यति ठूलो अवसर आउने नसोचेको बताए।  यी स्कटिस स्टारले ‘बडीगार्ड’मा सर्जेन्ट डेभिड बडको भूमिकामा अभिनय गरेका छन्। यो शोको फाइनल एपिसोड अमेरिकामा झण्डै १७ मिलियन बढी दर्शकले हेरेका थिए। यो शोले सन् २००२ यता सर्वाधिक दर्शक पाउने शोको रूपमा रेकर्ड पनि कायम गरेको छ। टेलिभिजन ड्रामाअन्तर्गत नै ‘ए भेरी इंगलिस स्क्यान्डल’का लाडि अवार्ड जितेका बेन विश्वले ड्रामामा आफूले निभाएको चरित्र नोरमेन स्कटलाई नै ‘बेस्ट एक्टर’ अवार्ड समर्पण गरे।

अवार्डमा फिल्म ‘रोमा’का लागि निर्देशक एलफोन्सो क्वेरोनले ‘मोसन पिक्चर बेस्ट डाइरेक्स अवार्ड’, फिल्म ‘बोहेमियन राप्सोड’ले ‘बेस्ट मोशन पिक्चर ड्रामा’ र यही फिल्मका लागि रामी मालेकले ‘बेस्ट एक्टर ड्रामा’, ‘ग्रीन बुक’ले ‘बेस्ट मोशन पिक्चर म्यूजिकल–कमेडी’, फिल्म ‘दी वाइफ’का लागि ग्लेन क्लोजले ‘बेस्ट एक्ट्रेस ड्रामा’, नायिका रेजिना किङले ‘इफ बिहेल स्ट्रीट कुड टक’का लागि ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’को अवार्ड जिते।

त्यस्तै फिल्म ‘ग्रीन बुक’का लागि महेरशाला अलीले ‘मोशन पिक्चर बेस्ट सपोर्टिङ एक्ट्रेस’, एनिमेटेड विधामा ‘स्पाइडरमेन इन टु दी स्पाइडर वर्स’ले ‘बेस्ट मोशन पिक्चर’, विदेशी भाषाको विधामा मेक्सिकोको ‘रोमा’ले ‘बेस्ट मोशन पिक्चर’, फिल्म ‘ग्रीन बुक’का लागि पीटर फार्रेली, निक वेलेल्लोंगा र ब्रेन क्यूरीले ‘बेस्ट स्क्रीनप्ल’, फिल्म ‘फस्र्टमेन’का लागि जस्टिन हुरविट्जले ‘बेस्ट ओरिजिनल स्कोर’, फिल्म ‘स्टार इज बर्न’को गीत ‘शैलो’ले ‘बेस्ट ओरिजनल सङ्स’ को अवार्ड जिते।

टेलिभिजन सिरिजतर्फ ‘दी अमेरिकन्सले ‘बेस्ट टीवी सीरीज’, ‘दी कमेन्स्काए मेथड’ले ‘बेस्ट टीवी सीरीज म्यूजिकल–कमेडी’, टेलिभिजनका लागि बनाइएको मोसन पिक्चरतर्फ ‘दी एसिसिनेशन अफ गियानी वर्सके’ले ‘बेस्ट टीवी सीरीज’, ‘स्केप एट डेन्नेमोरा’का लागि नायिका पैट्रिका आर्क्यूटीले ‘बेस्ट एक्ट्रेस फर टीभी सिरिज’, ‘दी एसिसिनेशन अफ गियानी वर्सके’का लागि डेरेन क्रिसले ‘बेस्ट एक्टर फर टीभी सिरिज’, ‘किलिङ इव’का लागि सेन्ड्रा ओहले ‘बेस्ट एक्ट्रेस’, ‘दी मार्वेलस मिसेज मिसेल’का लागि रैकेल ब्रोस्हेनानले ‘बेस्ट एक्ट्रेस’, माइकल डगलसले ‘बेस्ट एक्टर’, लिमिटेड टेलिभिजन सिरिजका लागि पैट्रिक क्लार्सनले ‘सार्प ओब्जेक्ट’बाट बेस्ट सपोर्टिङ एक्ट्रेस’को विजेता बने।

अमेरिकाको लसएन्जल्समा आयोजित अवार्डमा केही फिल्मकर्मीहरू यौन उत्पीडनलाई रोक्नुपर्ने माग गर्दै ‘टाइम इज अप एक्स २’ लेखिएको पहिरनमा आएका थिए। अवार्डमा अभिनेता तथा निर्माता रयान सिक्रेट यही कारणले आलोचित भए। दर्शकलाई हसाउँन माहिर अभिनेत्री कैरल बर्नेटलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको थियो।

प्रकाशित: २४ पुस २०७५ ०३:४२ मंगलबार

हलिउड_अवार्ड गोल्डेन_ग्लोब_अवार्ड बोहेमियन_राप्सोड