कला

‘भुरभुरा रहर’को ट्रेलर रिलिज

काठमाडौं – नेपालको थारुहरुको सँस्कृतिमा आधारित फिल्म ‘भुरभुरा रहर’को ट्रेलर सार्वजनिक भएको छ। निर्देशक मदन चौधरीले निर्देशन गरेको ‘भुरभुरा रहर’ फिल्म दशैं तिहारको अवसरमा नाचिने सखिया नाचमा आधारित छ।

‘थारु गाउँका  किशोर किशोरीको सख्या नाच्ने इच्छा हुँदाहुँदै पारिवारिक कारणले नाच्न पाउँदैनन्। आर्थिक अवस्था कमजोर र पारिवारिक अवस्था दयनीय रहेका कतिपय परिवारका किशोर किशोरीहरुको सख्या नाच्ने रहर अधुरो हुन्छ,’निर्देशक चौधरीले भने,‘ त्यही परिवारको घटनाक्रमलाई ‘भुरभुरा रहर’ फिल्म मार्फत देखाउन खोजेको छ।’ फिल्म थारु समुदायको नयाँ वर्ष माघीलगत्तै च्यारिटी गरिने जानकारी उनले दिएका थिए।

फिल्मलाई थारु फिल्मस् प्रोडक्सन र रामलाल चौधरीले निर्माण गरेको हो। फिल्ममा इन्द्र चौधरी, भिष्मा चौधरी, छबिलाल कोपिला, शिवानी चौधरी, लहिया थारुले मुख्य अभिनय गरेका छन्। फिल्म  सुशील चौधरीले लेखेका छन्।

प्रकाशित: २२ पुस २०७५ ०२:०२ आइतबार

थारु_सँस्कृति फिल्म भुरभुरा_रहर ट्रेलर