कला

बक्स अफिसमा ‘सिम्बा’को आक्रामक व्यापार

मुम्बई– रणवीर सिंहको प्रदर्शनरत फिल्म ‘सिम्बा’ले अनपेक्षित व्यापार गरिरहेको छ। प्रदर्शनको ७ दिनमा फिल्मले १५० करोडको कारोवार गरेको छ। फिल्म तीव्र रुपमा २ सय करोडको आँकडातर्फ अघि बढिरहेको ट्रेड एनालिस्टले बताएका छन्।

सिम्बा भन्दा अघिल्लाे साता प्रदर्शनमा आएकाे सुपरस्टार शाहरूख खानकाे फिल्म जिराेले अपेक्षित व्यापार नगरेका बेला रणवीरकाे फिल्मले आक्रामक व्यापार गरेपछि विश्लेषकहरू २ सय कराेडकाे क्लबमा सजिलै प्रवेश गर्नेमा ढुक्क छन्।  

तथ्यांक अनुसार फिल्मले पहिलो दिन २०.७२ करोड, दोस्रो दिन २३.३३ करोड र तेस्रो दिन ३१.०२ करोड कमाएको छ। तीन दिनमा कुन ७५ करोड कमाउन सफल भयो। चौथो दिन सोमवार २१.२४ करोड र मंगलवार २६ करोड, बुधवार १४.४९ करोड, विहीवार ११.७८ करोडको व्यापार गरेको ट्रेड एनालिस्ट तरुण आर्दशले जानकारी दिएका छन्। फिल्मको शुक्रवारको व्यापार भने केही उकालो लागेको बताइएको छ। यही रफ्तारमा फिल्मले दोस्रो साता २ सय करोडको आँकडा छुने विश्लेषकहरुको विश्वास छ।

बलात्कार, अपराध र प्रहरीकाे भूमिका विषय उठान गरेको फिल्ममा रणवीरका अलावा सारा अली खान, अजय देवगन, अक्षय कुमार छोटो भूमिकामा छन्। 

प्रकाशित: २१ पुस २०७५ ०६:५८ शनिबार

बलिउड सिम्बा व्यापार