कला

नयाँ पुस्तामा उपस्थिती बढाउन वाणिज्य बैंकले शृंखलालाई बनायो ब्राण्ड एम्बास्डर

काठमाडौं– राष्ट्रिय बाणिज्य बैंकले आफ्नो व्यवसाय प्रवर्द्धनको लागि मिस नेपाल २०१८ शृंखला खतिवडालाई बुधबार एक कार्यक्रमका बीच ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको छ। राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरेका छन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले राष्ट्रिय बाािण्ज्य बैंक अन्य बाणिज्य बैंकसँग प्रतिस्पर्र्धा गर्दै अघि बढिरहेको र आगामी दिनमा यसको सेवालाई अझ बिस्तार गर्दै लैजाने क्रममा आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नको लागि बैंकले शृंखलालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको बताए। 

कार्यक्रममा दी हिडन ट्रेजरका अध्यक्ष कक्षपतीेले सरकारी बैंकसँगको यस्तो सम्झौताले सरकारी संस्थाप्रति निजी क्षेत्रको गुनासो कम हुँदै जाने र बैंकले नयाँ पुस्तामा समेत आफ्नो उपस्थिती सशक्त बनाउन सक्ने विश्वास लिएको बताए।

मिस नेपाल २०१८ खतिवडाले आफू सरकारी स्वमात्विमा रहेको बाणिज्य बैंकको ब्रान्ड एम्बास्डर हुन पाउँदा खुसी लागेको बताइन। 

प्रकाशित: १८ पुस २०७५ ११:२२ बुधबार

शृंखला_खतिवडा राष्ट्रिय_बाणिज्य_बैंक ब्रान्ड_एम्बास्डर