कला

मातृशोकमा रहेका रविले लेखेः मेरो जीवनको खुसी खोस्यौ दैव!

काठमाडौं– नेपाल आइडल सिजन २ का विजेता रवि ओडले आमाको सम्झनामा कविता लेखेका छन्। 

आइडल विजेता भएको दोस्रो दिनमै रवीले कर्म दिने आमा गुमाएका थिए। जन्मदिने आमालाई ५ वर्षकै उमेरमा गुमाएका रवीले आइडल भएपछि कर्म दिने आमा विश्नालाई भेट्न पाएनन। उनी आउनुअघि नै विश्नाको करेन्ट लागेर निधन भयो। आइडलमा पाएको सफलताको खुसी आमासँग साट्न नपाएपछि रवीले कर्मदिने आमाको सम्झनामा मर्मस्पर्शी कविता लेखेका हुन्।  

उनले आफ्नो खुसी खोसेको भन्दै दैवप्रति आक्रोश पोखेका छन्। नेपाल आइडलको उपाधि जितेपछि उनले आमाका लागि पक्की घर बनाइदिने तयारी गरेका थिए। तर पक्की घर देख्न नपाउँदै आमाले संसार छाडिन। रवीको सपना अधुरै रहन गयो। 

यस्ताे छ रविले लेखेकाे कविता :

अलि कति के हास्न थाले थे 
राम्ररी हास्न नपाइ निस्ठुरी दैव तिमीले
मेरो जीवनको खुसी यसरी खोसेर लग्यौ !!
अब त्यो खुसी कसरी फिर्ता लेराउछु होला र
मेरो सानो झुपडी मा अब आमाको छिनछिन 
चुराको आवाज बज्दैन !!

म भोकाएर आउछु होला भनेर आमाले 
जस्तै अगेना छेउमामलाइ कुरेर कोही बस्दैन !!
मैले जीवनमा धेरै सपना सजाएको थिए 
त्यसलाई पाउन आमा तिम्रो साथ
अनि आशीर्वादले केही पाएको थिए
तर आज तिमीलाइ भन्न नपाई पापी
दैबले हाम्रो घरमा आँखा लगयो
आमाको मुहारको खुसी नियालेर हेर्न नपाइ
तिमीलाइ हामीबाट यसरी खोजेर लगे 
तिमी फेरि फर्किएर आउदैनौ !!

आमा हजुर जस्तै जीवनमा 
निस्वार्थ प्रेम गर्ने ब्यक्ती
मेरो जीवनमा कोही आउदैन
यसरी छोडी गयौं आमा हजुर ले म मेरा 
दुख अनि वेदना कसलाई भनु अब त हाम्रो 
घरमा हजुर ले जस्तै ममता र स्नेह दिन कोही आउदैन !!

प्रकाशित: १४ पुस २०७५ १२:२७ शनिबार

रवी_ओड नेपाल_आइडल