कला

'द एक्सिडेन्टल प्राइम मिनिस्टर' काे ट्रेलर सार्वजनिक भएसँगै विवादमा

काठमाडाैं - भारतीय पूर्व प्रधानमन्त्री डा.मनमोहन सिंहको जीवनीमा आधारित चलचित्र 'द एक्सिडेन्टल प्राइम मिनिस्टर' को ट्रेलरले युट्युवमा व्यापक चर्चासँगै विभिन्न क्षेत्रबाट आलोचना समेत पाएको छ।

विहिवार सार्वजनिक गरिएको अभिनेता अनुपम खेरको नयाँ चलचित्रमा सोनीया गान्धी र प्रधानमन्त्री मनमोहन सिंहबीच हुने अन्तरद्वन्द्वलाई प्रस्तुत गरिएको छ। सिंहको भूमिका खेर आफैले निभाएका छन्। चलचित्र आगामी जनवरी ११ तारिखमा रिलिज हुने भएको छ। चलचित्रकाे निर्देशन भने विजय रत्नाकरले गरेका हुन्।

चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै कांग्रेसले यसमा आपत्ती जनाएको छ। कांग्रेसले चलचित्रमा सोनीया गान्धी र उनका छोरा राहुल गान्धीलाई नकारात्मक रुपमा चित्रण गरेको आरोप समेत लगाएको छ। कांग्रेसले चलचित्र प्रदर्शनमा रोक लगाउनु पर्ने माग गरेको छ। सार्वजनिक ट्रेलरमा तथ्यहरुलाई तोडमोड गरिएर प्रस्तुत गरिएको कांग्रेसकाे आरोप छ। तर सेन्सर वोर्डले भने चलचित्र प्रदर्शनलाई अनुमति प्रदान गरिसकेको छ।

कांग्रेसले आपत्ती जनाएपछि खेरले पत्रकार सम्मेलन मार्फत उक्त चलचित्र सञ्जय बारुद्वारा लिखित पुस्तकमा आधारीत रहेर बनाइएको बताए। आफुले एक कलाकारको भूमिका मात्रै निभाएको बताउँदै उनले पुस्तकमा आधारित तथ्यहरुमा रहेर चलचित्र निर्माण गरेको दाबी गरे। बारु सन् २००४ देखि २००८ सम्म मनमोहन सिंहका प्रेस सल्लाहकार रहेका थिए। खेरले चलचित्र निर्माणका क्रममा निकै मेहनत गरेको बताउँदै सिंहको भूमिकामा आफुलाई उभ्याउन निकै गाह्रो भएको बताए।

 

प्रकाशित: १३ पुस २०७५ १२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App