कला

आमिरको ‘महाभारत’मा शाहरुख ?

काठमाडौं– मिस्टर पर्फेक्टनिस्ट आमिर खानको वेव सिरिज ‘महाभारत’मा बादशाह शाहरुख खानले काम गर्ने इच्छा देखाएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार आमिरसँग काम गर्न शाहरुख इच्छुक देखिएका हुन्। महाभारतमा आमिरले भगवान कृष्णको रोल निभाउने पनि खुलासा गरे। 

बक्स अफिसमा ठग्स अफ हिन्दूस्तानको असफलतापछि आमिर फिल्म छाडेर वेब सिरिज बनाउने निष्कर्षमा पुगेका छन्। उनी यसअघि महाभारत फिल्म बनाउने योजनामा रहेका थिए। सिरिज ७ एपिसोडमा हुनेछ। 

भर्खरै शाहरुखले आफ्नो एक अन्तर्वार्तामा महाभारत र आमिरको रोलबारे जानकारी दिएका छन्। उनका अनुसार आमिर भगवान कृष्णको भूमिका देखिने छन्। आमिरसँग भर्खरैको वार्तापछि शाहरुखले उनको सिरिज महाभारतबारे मिडियामा जानकारी दिएका हुन्। महाभारत सिरिज कम्तीमा १ हजार करोडमा निर्माण हुने बताइएको छ। यो सिरिज निर्माण गर्न आमिरले कैयौं फिल्मको अफर अस्वीकार गरेका छन्।

प्रकाशित: ७ पुस २०७५ १२:०५ शनिबार

आमिर_खान महाभारत शाहरुख_खान