कला

सर्वनाममा कँडेल र वस्ती

‘हामी कवि र कविता’मा कवि कृष्ण कँडेल (बायाँ), सर्वनामका अध्यक्ष अशेष मल्ल र गजलकार सनतकुमार वस्ती(दायाँ)। तस्बिरः नागरिक

काठमाडौं – राजधानीस्थित सर्वनाम थिएटरमा कवि कृष्ण कँडेलका कविता तथा गजलकार सनतकुमार वस्तीका गजल सुनिएका छन्। आइतबार सम्पन्न ‘हामी कवि र कविता’को नयाँ अंकमा कवि कँडेल र गजलकार वस्तीले आफ्ना रचना वाचन गरेका हुन्।

कवि कँडेलले ‘गाउँ’, ‘ढुंगा’, ‘मैनबत्ती’, ‘उज्यालोको खोजी’, ‘गौंथली’ लगायतका एक दर्जन कवितावाचन गरेका थिए। कवि कँडेल लामो समयदेखि नेपाली साहित्यमा सक्रिय छन्। उनका ‘बुद्धका आँखामा देश (२०५३)’ र ‘पाञ्चली (२०७५)’ गरी दुई कविता संग्रह प्रकाशित छन्।

कार्यक्रममा गजलकार वस्तीले आधा दर्जन बढी गजल वाचन गरे। वस्तीले लामो समयदेखि नेपाली साहित्य तथा संगीतमा कलम चलाएका छन्।

लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामको संयुक्त आयोजनामा हुने साहित्यिक कार्यक्रम ‘हामी कवि र कविता’ हरेक महिनाको १ गते आयोजना हुने गर्छ। ‘हामी कवि र कविता’मा हरेक महिना नयाँदेखि पुराना कविहरूले आफ्ना रचना वाचन गर्छन्।

प्रकाशित: २ पुस २०७५ ०४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App