कला

राईको ‘नास्योर थुलुङ’

काठमाडौं – लेखक पाँचवीर राईको पहिलो पुस्तक ‘नास्योर थुलुङ बाक्छेम (सजिलो थुलुङ व्याकरण)’ सार्वजनिक भएको छ। राजधानीमा शुक्रबार थुलुङ दुधकोसी गाउँपालिकाका अध्यक्ष आसिम राई, शुक्रराज राई र लेखक स्वयंले व्याकरण सार्वजनिक गरेका हुन्।

लेखक राईका अनुसार यो व्याकरणमा थुलुङ समुदायको पौराणिक भाषामा त्यस समुदायको जनजीवन, सांस्कृतिक परम्परा, भाषा, रीतिरिवाज सम्बन्धी विषय उल्लेख छ। यो व्याकरणबाट नयाँ पुस्ताले सहज तरिकाले थुलुङ भाषा सिक्न सक्ने उनको बुझाई छ। 

राईले यसअघि हालाम पुस्तक (कक्षा १) नामक पाठ्यक्रम बजारमा ल्याइसकेका छन्। उनको यो पुस्तक सोलुखुम्बु, ओखलढुंगा, भोजपुरलगायत २० जिल्लाका विद्यालयहरूमा पढाई भइरहेको छ।
 

प्रकाशित: १ पुस २०७५ ०३:२० आइतबार

नास्योर_थुलुङ पुस्तक सांस्कृतिक जनजीवन